Posted by: Amazing June 2, 2008
बिचरा ज्ञानेन्द्र, कहिले घाम कहिले छांया, यस्तै हो जिन्दगी ..
Login in to Rate this Post:     0       ?        
साँच्चीकै अचम्मको छैन त जीन्दगी? के थाहा कसलाई के पर्छ त्यसैले दु:ख जसको सुकै किन नहोस् पिडा त उस्तै नै हुन्छ होला, हिजो नेपाली जनता मरे, माओवादी मरे, कतीको आसुँ रित्तियो आज एउटा शासक ढल्दै छ। तर उ पनि त एउटा सामान्य मान्छे हो, हिटलर त एक्लै राती राती शिरानी भिज्ने गरी रुन्थ्यो रे ज्ञानेन्द्रको के कुरा भो र?

उसको हातमा शक्ती हुँदा हुजुर मौसुफ भनी फाईदा लिन खोज्नेहरु अहिले सबै दुर दुर भाग्दै छन रे, साच्चिकै सबैले बलेको आगो नै ताप्छन। हाम्रो जीवनमा पनि त कतिले सुखमा साथ दिये होलान, सँगइ हासे होलान तर दु:खमा एक थोपा आसुँ पुछिदिने पनि कोइ हुँदैन, बिचित्रको संसार हो यो।

-------------
Nothing about politics...was just wondering how one's life can change suddenly. yes its true 'Nothing lasts forever'
Read Full Discussion Thread for this article