Posted by: Birkhe_Maila June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

लिखितम धनिका नाम, चौतारी गा बि स, उपल्लो गाउँ घर भई हाल हस्तिनापूर गा बि स  बस्ने, नन्दबहादूरको नाती, चन्दबहादुरको छोरा म बिर्ख बहादुर बोगटिले एकछिन अगाडि टक्र्याएको 'जदौ' भुलवस मुद्रा राक्षसको कारणले ठक्रिन पुग्दा कन्ननिडाँडा गा बि स बस्ने डटडटको नातिनी डटडट डटडटको छोरी सान्नानी सापकोटा लगायत अज्ञात अरु गाम्लेहरुलाई पनि मैले गरेको जदौ ठक्राएको लाग्न पुगेमा त्यसलाई टक्र्याएको बुझिदिनका लागि आग्रह गर्दछु।

साथै, सान्नानी भनिने सान्नानि सापकोटा, दीपीका भनिने दीपीका दवाडि, लहरे भनिने लहरेकान्त लाकौल, ठुल्दाई भनिने राहुलभाई रायमाझि, अन्तरे भनिने अन्तरप्रसाद अधिकारी, रिट्ठे भनिने रिठाराम रायमाझि तथा पर्वते भनिने पर्वत प्रसाद पुडासैनी लाई पनि जदौ टक्र्याउँदछु, जदौ!

Read Full Discussion Thread for this article