Posted by: waka May 31, 2008
केही गजलहरु
Login in to Rate this Post:     0       ?        

नेपे गुरु ,
फेरी एउटा अर्को थपेको छु ।
सुझाबअको आशमा     

 

नशाले छुन छाडे रसिलो ओठ चुम्न देउ
बैशको माद पिएर एकचोटि झुम्न देउ

स्वोर्गै भएनी चाहिएन अबलाई भइगो
तेही नै नयनको परीधी भित्र घुम्न देउ
 
नजरको बाण चले देखी घाइते भाको'छु
धपक्क बल्या तिम्रो रुपमा होश गुम्न देउ

कामदेवको ताती लग्लान तिमीलाई खिच्न
सुरक्षाको लागि लौ पहरे भई रुग्न देउ

दुश्मनले तिम्रा खुशीमा एम्बुश थापे भने
पट्रोल पठाउने छु दिल सम्म पुग्न देउ    

Read Full Discussion Thread for this article