Posted by: Nepe May 30, 2008
एउटा शाषक ढल्यो आज .....
Login in to Rate this Post:     0       ?        

अत्यन्त राम्रो सन्देश !

एउटा सानो टिप्पणी यसमा:

जाति-धर्म सबै एकै तेरो-मेरो भन्नुहुन्न

यसमा मेरो पोजिसन के छ भने, 'मेरो' भन्नुहुन्छ, 'तेरो' मात्र नहुने हो भन्न । 'तेरो' को सट्टामा 'हाम्रो' भनिनुपर्छ । त्यसैले यसलाई यसरी राख्नु बेस:

मेरो भन, हाम्रो भन, तेरो नभन !

मैले भर्खर गगनथापाको एउटा अन्तर्वार्ता पढ्दै थिएँ । उनले सम्विधानसभामा सबैजसोले आफ्नो जातिय पोशाकमा आएको, आफ्नो मातृभाषामा शपथ खाएको कुरालाई अत्यन्त सुन्दर भनेका रहेछन् । मेरो पनि ठ्याक्कै त्यही विचार । हिमाल देखि तराईसम्मका सबैजना यदि दौरा सुरुवालमा आएको भए म त्यसलाई भद्धा देख्ने थिएँ । सबैलाई आफ्नो जातिय पहिचानमा पनि गर्व हुनुपर्छ, नेपाली पहिचानमा पनि गर्व हुनुपर्छ । कुरा  यही हो ।

Nepe 

 

Read Full Discussion Thread for this article