Posted by: Birkhe_Maila May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

पर्वतप्रसाद पुडासैनि र हर्कबहादुर हमाल फेला परेको सुचना:

हालै केहि समय देखि बेपत्ता भएका चौतारीका दुईजना औतारीहरु, पर्वते र हर्के छुट्टा छुट्टै हराएता पनि एकै ठाउँमा अचेत अवश्थामा  फेला परेका छन्।

आज बिहान करिव ५:३० बजे तिर केहि चिरिबिरिको आवाज सुनेर सपनामा अंकमालमा बेरिएकी नैपकिनवालिलाई समेत छाड्नु परेको झोकमा पर्वते, हुत्तिएर बाहिरिएका थिए। बाहिर चिरबिर गर्ने ढुकुर देखे पछि पर्वतेको रिस र भोक एकैपटक बढ्न जाँदा ढुकुरको पछि पछि उनि जङ्गल छिरेका थिए। हातमा गुलेलि नभएको थाहा पाइ निज पर्वतेले आफ्नो अन्डरवेयरको ग्याँटिसबाट गुलेलि बनाएका थिए। त्यस्तै, हिजो राति साग र भात मात्रको फेला परेका हर्के रात भरि सपनामा फोर्कले गोपेर पोर्क सेवन गरेको देखेर सहन नसकेपछि बिहान करिब ५ बजेतिर बँदेल मार्नलाई भाला लिएर जङ्गल पसेका थिए। दिनभरि के भयो हाल सम्म खुल्न सकेको छैन तर खोलाको किनारमा दुबैजनाको अचेत शरीर, एउटा मरेको बँदेल, एउटा डोराको अन्डरवेयर, एउटा भाला र केहि ढुकुरका प्वाँखहरु, एउटा लिपस्टिक र मस्काराको सानो डब्बा  एकै ठाउँमा छरिएर रहेको अवश्थामा उद्दारकर्मिहरुले फेला पारेका थिए! हाम्रा संवादाता....माफ गर्नुहोला ...हाम्रा बरिष्ट संवादाता श्रि लहरेकान्त लाकौल अहिले घटनास्थलमै हुनुहुन्छ, र बाँकि समाचार तथा डिटेल उनकै मुखारविन्द बाट-

Read Full Discussion Thread for this article