Posted by: MR_TRUTH May 28, 2008
Two more weeks...Royal Palace..
Login in to Rate this Post:     0       ?        
चुनावको लगत्तै देश रातो देखिन थाल्यो, अचम्म मान्दै घर फोन गरे । हत्तेरी मेरी अनपढ आमाले पनि माओवादीलाइ नै भोट दिइछिन । मैले गाली गर्दै भने - "किन"? उनी भनिन - "के गर्ने त? सबै चोरै चोर छन, कसलाइ दिने त?" मैले भने - "कमसेकम माओबादीलाइ त दिनुहुन्न थ्यो नि, यिनिहरु जिते पछि फेँक्न गार्हो हुन्छ? उनी फेरि भनिन-"अब २ बर्ष हेरौ न त, केही काम गरेनन भने फेकि दिउँला जनता मिलेर" म नाजवाफ भए । अब तिनलाइ न पोलपोटको इतिहास बताउन सक्थे न सोभियत रुस को । माओको सुरुको बन्दुके निति एवँ सँरचना, लेनिनको सागँठिक चतुरता, साम्यबाद सँशोधनबाद, स्टालिनको अधिनायकत्व, टेट्रोस्कीको बिभेद हत्या, लेनिनको आत्मालोचना, लेनिनकै जस्तो वाइसियल गठन रणनिति, चुनबाङ लबाङ बैठक, सहरी नाका भित्रको रातो क्रान्तीको बिउ रोप्ने उपाय, प्रचण्डपथ, चुनाव बिजयी आदी इत्यादीको सोधखोज बिश्लेशण  गरदै एतिहासिक रणनिति दोहरिएको झैँ लाग्थयो केही हावापानी सुहाउदो सँसोधन सहित ।अनि प्रचण्डले पनि ठ्याकै भनिदिए -"मलाइ आफु लेनिन भएको जस्तो महशुश गर्दैछु, रामराजा एलेकजेण्डर हुन जस्तो लाग्छ" । अब यी बीतान्र्तहरु आमा जस्ता सयकडौ नेपालिलाइ कसरी बुझाउने ? बुझ्ने पनि कसरी ? सँबिधान बनाउने चुनाब मात्र हो भन्दाभन्दै पनि निमुखाहरु पानी, बिजुली, ट्राफिक, बेरोजगार महँगिपनका समस्या हटने आशामा भोट हाले  । होला सँबिधान राम्रो बन्लान तर यसको सँरक्छन भबिष्यमा गरने कसले ? भन्नुहोला जनताले तर बन्दुक कसको हातमा सुम्पिदै? सबै कुरो जनताले नै गर्ने भए त यो सँसारमा तानाशाहहरुको, नरसँहारहरुको नामै सुन्नु नपर्ने होइन र ? सोभियत रुस र चाइनालाइ पछी आभास भयो, खिया लागेको दर्शन काम नलाग्ने रहेछ तर ७०।८० वर्ष नेपालले त कु्र्न सक्दैन ? ल लोकतन्त्रकै भरोसा गरौं न त, ए बा पश्चिम बगाँल भारतको एकदम थोत्रो गरीब राज्य भएपनि कति मार्कसबादि लेनिनबादीले मात्रै जित्यै जिता हो ? फेरी वाइसियल जस्ता साँगठिक लौहशक्तिको यादमा रुमलिए ।
Read Full Discussion Thread for this article