Posted by: Birkhe_Maila May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

भर्खरै प्राप्त समाचार अनुसार ठूल्दाई भनिने राहुलभाई रायमाझिले पत्निपती बाहेक कसैको पती नबन्ने निर्णय गरेका छन्। उक्त निर्णयले केहि घाटा पनि लगाउने निश्चित छ। अरपबपती, खरबपती त गए गए सम्पती समेतको बिजोग पर्न सक्ने कुरा जानकारहरु बताउँदछन्। यस्तै पशुपती जाँदा पनि गौशाला पुगेपछि खुट्टा अगाडि नसर्ने निश्चित छ।

उता पर्वते पुडासैनी अर्को मुर्छाको तयारिमा दत्त चित्त भएर लागेको समाचार प्राप्त भएको छ। हालै प्रकाशित समाचारमा जस जसले  राष्ट्रपती बन्ने मनसाय राखेका थिए सबैले एक एक गर्दै आफ्नो नाम विथड्र गर्दै लगेकोले पर्वते पुडासैनि जम्मा नाम बाट विथड्र गरिएको नाम घटाउनमा व्यस्त छन्। सबै नाम हटेर आफ्नो बाँकि भए पछि, लौन नि भगवान जब देता है छप्पर फाडके देता है भन्दै अति खुसिमा उनि मुर्च्छा पर्ने निश्चित प्राय:  छ! र यसपटकको मुर्च्छा बाट होश आउने प्रोब्याबिलिटी राजसंस्था हटेर नेपालमा शान्ती आउने प्रोब्याबिलिटि संग ठ्याक्कै मिल्न जाला जस्तो देखिएको कुरा जानकारहरु बताउँदछन्।

यता हाँस्दा हाँस्दा गाला सुन्निएको अवश्थामा चौतारीकै एक कुनामा फेला परेका बिस्टराम बिस्टेको हाँसो सरुवा हाँसो परिणत हुँदा सान्नानि उक्त हाँसोले प्रभावित भएकि छिन्। उक्त हाँसोले च्यापेपछि दुबै गाला फुलेर बेलुन जस्तो हुने र च्यापु खुम्चिएर च्याम्पटी जस्तो हुने गर्दछ।

आजको प्रश्न- च्याम्पटी भनेको के हो? ( ठुल्दाई, लहरे र रिट्ठेले उत्तर भन्न नपाई)

Read Full Discussion Thread for this article