Posted by: Birkhe_Maila May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

वर्गिकृत बिज्ञापन-

एक प्रतिष्ठित चिलीम बिकास संस्थानलाई केहि चिलिमेहरु चाहियो। तान्नै नजान्नेहरुको लागि पनि व्यबस्था छ। सम्पर्क- ठूल्दाई ४३४५५८५

के तपाइँ गाँजा लागेको भन्दा पनि झुम्म हुन रुचाउनुहुन्छ? के तपाइँ केटि पट्ट्याउन चाहनुहुन्छ? के तपाइँ जथाभावि हल्लिन चाहनुहुन्छ?  हामिलाई डिजे चाहिएको छ। सम्पर्क- लहरे ४३४३४३४३

चालु हालतको चटपटे ठेलागाडा बिक्रिमा। चटपटे, मकै भटमास बेच्नको लागि उपयुक्त। समपर्क- मदनवा- ३४३३३४५, नोट- दलालले कस्ट नगर्नुहोला।

बुढो भइयो भनेर चिन्ता नगर्नुहोस, हामि तपाइँलाई ठिटो बनाइदिन्छौँ। बच्चा जस्तो देखियो भनेर पनि चिन्ता नगर्नुहोला हामि तपाइँलाई बुढो बनाइदिन्छौँ। हजूर, तपाइँले भने जस्तै मुकुन्डोहरुको लागि हामिलाई सम्झनुहोस्। बिस्टराम मुकुन्डो कारखाना, बिस्टुडाँडा! समपर्क- बिस्टे- २३४३३४३४

पुन्टेबडार तेल! केश नउम्रिए सबै पैसा फिर्ता! हजुर, आयुर्वेदिक तरिकाले तयार पारिएको पुन्टेबडार तेल लगाउनुहोस र चिल्लो टाउकामा लाखेको जस्तै कपाल उमार्नुहोस। सम्पर्क पुन्टे- बत्ताइ बत्ताइस सुन्ना सात।

आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन! महंगिको यो जमानामा हामि तपाइँको बाल बच्चाको स्वास्थ प्रति चिन्तित छौँ! आउनुहोस सेवा गर्ने मौका दिनुहोस! नयाँ जस्तो देखिने रिफर्बिस्ड डायपरहरु बिक्रिमा छ। सम्पर्क- सान्नानी- ताल पाँत थ थात आत नउ दत।

सटर चाहियो- एक लायकको नालायक ठिटोलाई लुकेर बाहिर हेर्न मिल्ने ठाउँमा कन्या कलेजको वरपर सटर चाहियो! सम्पर्क- भउते- वान फोर थ्रि वान फोर थ्रि।

 

 

 

 

Read Full Discussion Thread for this article