Posted by: Birkhe_Maila May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

भ्रान्तीपूर समाचार-

आज चौतारी मा बसेको पहिलो चौबिधान सभाले आजबाट चौतारी मुलुकमा औतारीतन्त्र लागु गरेको छ। औतारीतन्त्रलाई स्वागत गर्न चौतारीभरि खुसियाली मनाउने क्रम जारी छ!

चौतारीकै एक औतारी सुन्तलमान स्थापित सुन्तलाको बोट रोप्ने बेलामा अचानक गायब भए देखि अहिले लटरम्म सुन्तला फलेर टिप्ने बेलामा फेरि चौतारीमा देखा परेका छन्।

रिट्ठे भनेर चिनिने रिठाराम रायमाझीलाई आज बिहानदेखि अचानक बाडुली लाग्न पुग्दा पुरानो घाऊ बल्झेको संकेत उनको कतै अल्झेको कुराले देखाउँछ। रामनाम जपेर जेरि स्वारि खाने समयमा, हिपहप लगाएर भ्यागुता उफ्रे जस्तो उफ्रेर एक्सरसाइज गर्ने समयमा उनि नदेखिने घाउ दुखेको कुरा गर्दै सम्पूर्ण चौतारी सदस्यलाई बिर्सेर केवल दीपिका र ठुल्दाईलाई भएभरको सम्बोधन गर्नमा व्यस्त देखिन्छन्।

चौतारी रसरंग प्रधानको हिजो रातिको उदासिनताले गर्दा चौतारिमा खासै गितसंगित हरु टाँसिएनन्। र आज बिहान पनि उनि केवल सम्बोधन र हाइ हेल्लो गर्नमै व्यस्त देखिए। गजल र गित संगितलाई बिर्सेर उनि हर्केको संगतले आज बिहान देखि नै खाएको वा नखाएको कुरा गर्नमा व्यस्त देखिन्छन्। यसको विपरीत हर्केले भने लहरेको संगतमा राति राति व्यापक गित संगित टाँसटुस गर्ने गरेको देखिएको छ।

भोजरायल अधिनस्त साझा क्षेत्रमा सुङ्गुरुस्टाइन हरुको हडतालका कारण हर्कबहादुर हमाल आज पनि भोकै परेका छन्। हजारौँ सुङ्गुर तथा बङ्गुरहरु हडतालका कारण खोरमै थुनिन बाध्य भएकोले हर्कबहादुरको खुकुरीमा खिया लाग्न गइ उनको मुटु छिया छिया भएको कुरा खुल्न आएको छ।

केहि समय अघि घाइते भएर काइते अवस्थामा पुगेका पर्वत प्रसाद पुडासैनी, अहिले ठिक भए देखि चौतारीमा व्यापक छुनुमुनु र लडिबुडि गर्दैछन्। जानकार हरु बताउँदछन, उनि अर्को घाइते हुने साइत जुराउनमा व्यस्त छन्। पछिल्लो पटल नैपकिनले घाइते बनेका उनि भन्छन, अब उनि कपासले घाइते भएर आफ्नो पुरानो रेकर्ड ब्रेक गर्न प्रयासरत छन्। यो सुनेर कतै लुकेर बसेका भगुत भाई मुसुमुसु हाँस्दै आफू पटक पटक केवल बोलीमा घाइते भएको कुरा सम्झिँदै थिए!

बाँकि समाचार एकैछिनको बिश्राम पछि!

 

 

Read Full Discussion Thread for this article