गणतन्त्र को संघारमा आइपुग्दा पनि यदी नेपाल मा गणतन्त्र आउँदैन भने त्यो माओवादी को कारण ले मात्र आउदैन भनेर मैले यही साझा मा कती लेख्दा तत्कालिन माओवादी समर्थक- प्रवक्ता मित्रहरुले गाली गलौज मात्र गरेनन, सात जुनिको सरापे। आज गणतन्त्र ओझेलमा परेको छ। ज्ञानेन्द्र र नारायण हिटी यती बेला अट्टहास मा रम्दै होला। "हत्याराहरु को सर्दारले नारायण हिटी खाली गर भन्दै छ।" उता चोक चोक गल्ली गल्ली मा, सास भए सास देउ नत्र लाश देउ, हत्यारा लाई कारवाही गर, हत्यारा प्रचण्डे मुर्दाबाद को नारा लागि रहेको छ। हिजो ज्ञाने चोर् , देश छोड भन्ने स्वर हरु अहिले हत्यारा प्रचण्डे लाई फांसी दे भन्न थाली सके। बन्दूक को नाल मा धेरै दिन तर्साउन सकिएला कामरेड सधैंको लागि होइन। जनता जागेको बेला, बन्दूक पनि कुंजो हुन्छ।
निर्दोष जनता जनक्रान्ती गर्छु भन्ने सेनाको क्याम्प भित्र लगेर यातना दिएर मारिन्छ भने चुप चाप बस्न कसरी सक्नु हुन्छ? आफुलाई बौद्धिक जमातको प्रतिक मान्ने साझा बासी हरु, अन्याय लाई अन्याय भन्न सक्नु हुन्न?
हिजो बिरेन्द्र साह् मारिए आज राम हरी श्रेष्ठ , भोली तपाईं कै आफन्त को नम्बर आयो भने, चुप चाप पाप सहनु को अर्थ बुझ्न त्यती बेला धेरै अबेला भाईसक्छ। जागौं, हत्या हिंसा जसले गरे पनि निन्दा गरौं, बिरोधमा हातेमालो गरौं।