Posted by: Nepe May 20, 2008
प्रिय तिम्रो मुटु बोकेर हिड्दै छु !
Login in to Rate this Post:     0       ?        

Shirish,

 

अन्तर्वार्ताकारले फरक प्रश्न त सोधेका हुन्, तर त्यो फरकको निम्ति फरक भएको लाग्यो मलाई । राम्रो अन्तर्वार्ताकारले अन्तर्वार्ताकृतलाई अलमल्याउने काम गर्दैन, केवल खुल्ने र खोल्ने अधिकतम सहज वातावरण बनाईदिन्छ र उपलब्ध समय भित्र बढी भन्दा बढी कुरा धुत्छ । कतिपय प्रश्न र उत्तर जानकारीमूलक छैनन् । बाँकी चाही राम्रै लागे ।

 

 

केही विशेष लागेका उक्तिहरु:

 

यथार्थमा भन्ने हो भने जीवनमा मानिसले गुमाउने भन्ने कुरा त केही नै हुदैन । जहिले पनि नयाँ कुराको प्राप्ति मात्र भइरहेको हुन्छ ।

 

खास त्यही नै त होईन तर गुमाउँदा जे प्राप्त हुन्छ (अनुभव, अर्को अवसर, परिवर्तन आदि) त्यसलाई एक्नलेज गर्ने गर्न सकिन्छ ।

 

 

राधा आफैं एउटा 'प्रेम-तत्त्व' हो, जो संगीतमय छ, एकान्तीय छ ।

 

मलाई विशेष लागेको शब्द एकान्तीय हो । Private अर्थी । Love is private भनेका त होलान् नि ।

 

*** *** *** *** *** *** ***

 

Birkhe-jyu,

 

त्यो शेर संयोगार्थमा त मन परेको होईन होला । कि हो ? चन्द्रमालाई घर भित्र्याईसकेका हुनाले सोधिहालेको । तर मलाई पनि मन पर्ने शेर हो त्यो, वियोगार्थमा ।

 

एउटा अर्को पुरानो शेरको सम्झना आयो । किर्तिपुरका दिनहरुमा छ्याङ-सभामा सुनाईन्थ्यो यस्ता शेरहरु:

 

खोजिदेऊ न मलाई हतियार यस्तो एउटा

यी अनिंदा रातहरु एक्लै बसी काट्न सकुँ

 

Nepe

 

*** *** *** *** *** *** **

  

अन्त्यमा कृष्ण धरावासीको तस्वीर ।

 

 

Read Full Discussion Thread for this article