Posted by: crazy_love May 20, 2008
खाली पानाबाट.....
Login in to Rate this Post:     0       ?        

फोनको रिसिवर कानमा राखेर निलु सोच्न थाली। बिहे भाको चौथो दिन उ एक्लै हुने भइ। सजल हुँदा पनि त उ एक्लै नै त थी। सजल हुनु र नहुनुको फरक छुट्याउन सकिन निलुले। अर्थात् लोग्ने हुनु र नुहुनुमा केहि भिन्नता देखिन। सजललाइ झन् बलियो बहाना मिल्यो निलुसङ टाढा हुने। निलु सजलसङ नजिकिने उपायहरु खोज्न थाली।

"निलु मैयाँ, कस्को फोन?" सानी देखेर निलु झस्कि। फोन हत्तपत्त राखी।


"सजल बैंकक जाँदैछ आज। उसको एकदम जरुरी मीटिङ छ रे।"


"कस्तो अचम्म!" सानी छक्क परी।


"किन र सानी?"


"किन पनि होइन। हुन त ठुलाबडाको कुरा अर्कै हुन्छ होला।"


"किन भन्न?" निलुले अलिकति आशा राखेर सोधी।


"हिजो राती त हजुर खुबै के के भन्दै हुनु हुन्थ्यो नि। सजल राजाको के छैन भनेर। बिहे गरेपछि निलु मैंयाँ कस्तो मात्तिएको बाइ? त्यस्तो कुरा पनि जोक गर्ने हो त?" सानीले आँखा घुमाँउदै भनी।


"मैले जोक गरेको होइन।" निलु अन्जान पारामा बोली।


"आफ्नो लोग्नेको त्यस्तो कुरा पनि थाहा हुन्न त?"


"मलाइ के थाहा नि? सजलले मलाइ अझैसम्म छोएकै छैन त। मलाइ उसको हात नरम, कडा कस्तो छ पनि थाहा छैन" निलुले कसैलाइ भन्दिन भनेको कुरा फुस्क्यो।


"झुठ नबोल्स्यो त निलु मैंयाँ। त्यस्तो पनि कहिं हुन्छ?"


"धरोधर्म मैले झुठ बोल्या होइन।"


"मेरो कसम?"


"तेरो कसम!"


"पशुपतिनाथको कसम?"


"पशुपतिनाथको कसम!"


बल्ल सानी गम्भिर भइ। केहि बेर सोचेर भनी।


"निलु मैंयाँ हजुर पढेलेखेको मान्छे। यस्तो कुरामा बिस्वास गर्सिन्न होला।"


"कस्तो कुरामा?"


"कहिले कहिं टुनामुनाले पनि लोग्ने आफ्नो बनाउनु पर्छ क्या। कति मान्छे हरु अझै पनि त्यस्तै गर्छन्। अरुतिर लागेको लोग्ने आफैसङ फर्किन्छन् बाइ।"


"लोग्नेको मन नै अरुसित छ भने लोग्ने मात्र फर्केर के काम। जे हुन्छ हुन्छ, हुने कुरालाइ कसले टार्न सक्छ।" निलु बेफिक्री भइ एकछिनको लागि।


"त्यसो भनेर कहाँ हुन्छ। हजुरलाइ त बाजा बजाएर बिहे गरेको। सजल राजाप्रतिको पहिलो अधिकार नैं हजुरको हुन्छ।"


"भैगो यो कुरा नगर्। मेरो टाउको त्यसै ह्याङओवरले दुखिराको छ।"


"हजुर कहिले सम्म चुप लाग्सिन्छ?।"


"ओहो!  सानी अहिलेलाइ भैगो। प्लिज यो कुरा कसैलाइ नभन है?"

सानी बोलीन।


"मेरो कसम?"


"हजुरको कसम!" भित्तातिर हेर्दै सानीले भनी।


"पशुपतिनाथको कसम?" निलुलाइ बिस्वास लागेन।


"पशुपतिनाथको कसम।" बल्ल निलु ढुक्क भै।

फोनको घन्टी फेरि बज्यो। सानी बाहिर गइ। निलुको सासुले सजल बैंकक गए पनि तिन बास गर्नु हुँदैन, घर आजै फर्किनु भनेर बोलाउनु भयो। निलुलाइ जान मन नलागे पनि हुन्छ भन्न
करै लाग्यो। साँझतिर निलु बेमनले त्यो घर गइ जहाँ उस्को लोग्ने थिएन। घर पुग्नासाथ सासुले बिहेको फोटोहरु हेर्न भनेर उहाँको कोठामा लानु भयो। कोठामा उसले कतै देखिसकेको एउटा अनुहार देखी।


"नयनलाइ चिन्यौ निलु?" सासुले सोध्नु भयो।


"कतै देखेको जस्तो लाग्यो।" निलुको उत्तर आयो।


"तिम्रो बिहेमा फोटोग्राफर नैं उहि थ्यो नि। कुरा छिन्ने दिनमा पनि आको थ्यो नि हामीसङ तिम्रो माइतीमा। बिर्स्यौ?" सासुले सम्झादिनु भयो। बल्ल निलुले सम्झी हरेक कोणबाट नयनले निलु र सजलको फोटो खिचि रहेको हुन्थ्यो। नयन सजल कै उमेरको हुँदो हो, तर सजल जति आकर्सक होइन। सामान्य खालको ब्यक्तित्व।


"म त भाउजु भन्दिन है, निलु? धेरै औपचारिकता आँउदैन मलाइ। म "तिमी" नैं भन्छु। सजल मेरो साथी, तिमी पनि मेरो साथी।"


"नयनको यहि बानी मन पर्दैन मलाइ। मान  सम्मान भन्ने कुरो बिर्सिनु हुन्न नि। निलुलाइ मन पर्छ कि पर्दैन उ चाहीं नामै काटेर बोलाउछु भन्छ।" सासुले आफ्नो कुरा राख्नु भयो।


"सजलको साथी भए ठिकै छ नि त।" निलुले सजिलै उत्तर दी।


"नयनको बोली रुखो भएपनि मन सफा छ। अत्ति मिलनसार छ। कसैको चित्त दुखाँउदैन र परेको बेला मद्दत गरिहाल्छ। त्यसैले उसको कुराहरुलाइ लिएर चित्त नदुखाउनु।" सासुले हांस्दै भन्नु भयो।


"फोटोहरु राम्रो आएको छ। मैले त सबभन्दा राम्रो फोटोलाइ ठुलो बनाएर "फ्रेम" मा राखेर ल्याँए। तिमीलाइ मन पर्छ कि पर्दैन?" नयनले सामुन्ने रहेको फोटो अल्बमहरु देखायो र केहि फ्रेममा सजिएको फोटोहरु।

निलु फोटो हेर्न थाली। सबै फोटोहरु राम्रा थिए। सजल र निलुको जोडि एकदम सुहाएको थ्यो। सुनौलो फ्रेमको फोटो झनै राम्रो थियो। उसले त्यो फ्रेमलाइ उठाएर नजिकैको टेबलमा राखी।  फ्रेममा सजिएको  फोटो टेबलमा राखनासाथ अकस्मात चिप्लिएर भुँइमा झर्‍याम झुर्रुम भयो। निलुको अनुहारमा थरिथरि रङहरु देखिन थाले। "अपशगुन"को भयले निलु डराइ। त्यसै त चिसो सजल र उसको सम्बन्ध अब फेरि के हुने होला भन्ने शंका आयो मनमा। उ मुर्ति जस्तै ठिङ उठि रहि। सासुको मुहारमा पनि चिन्ताको लहर देखा पर्‍यो। निलुलाइ हेर्दै भुँइमा फुटेको फोटो हेर्दै सासुको मन अमिलियो।


"अर्को फोटो बनाउला नि। के को पीर?" नयनले बाताबरणलाइ सहज बनायो।


"तेइ त, टबल नै चिप्लो थियो। मैले अघि नैं भन्नु पर्ने तिमीलाइ।" सासुले मन नलागी नलागी भन्नु भयो।


"यो सिसा खुट्टामा बिझ्न सक्छ। म सफा गर्छु।" निलु कुचो खोज्न थाली।


"गीताले सफा गरि हाल्छे नि। गीता बोलाइस्यो न मम्मी।" नयनले निलुलाइ बुझ्या जस्तो गर्‍यो।


"गीता घर गाकी छ, उसको बुबा सिकिस्त बिरामी भएर।"


"कहिले?" निलुको स्वर अलि ठुलो भयो।


"आज बिहान। सजल हिँड्नुभन्दा १ घन्टा पहिले।"


क्रमश:

 

Last edited: 20-May-08 11:05 AM
Read Full Discussion Thread for this article