Posted by: Harka_Bahadur May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

दुइटा फुल देउरालीमा साथै राखेउ जस्तो लाग्छ कतै टाढा जादा खेरी सँगै हिंडेउ जस्तो लाग्छ।
देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ कतै टाढा जादा खेरी सँगै हिंडेउ जस्तो लाग्छ।

दुइटा फुल देउरालीमा
गुलाभको तरेलिमा सीतको थोपा परे जस्तो टल्किने त्यो निधारमा पसिना
सुकायी दिये जस्तो लाग्छ पात हल्लायी पिपलको बिसौन मा जिन्दगीको पसिना
लत्रेका ति परेलीको सम्झना छ जस्तै लाग्छ कतै टाढा जादा खेरी सँगै हिंडेउ जस्तो लाग्छ

दुइटा फुल देउरालीमा
राती फुल्ने फुल टिपी सिउरी दिये जस्तो लाग्छ कुनै राती बसेको त्यो बाशमा 
ओठ मुनी आकाशको छाया मुनी धरतिको रात मुनी बसेको त्यो बाशमा
बिर्सें बिर्सें जस्तो लाग्छ, सम्झे सम्झे जस्तो लाग्छ कतै टाढा जादा खेरी सँगै हिंडेउ जस्तो लाग्छ

दुइटा फुल देउरालीमा --------------- गाएक नारायण गोपाल ------ सबै चौतारी मित्र हरुको लागि यो हर्केको तर्फ बाट।

Read Full Discussion Thread for this article