जनयुद्धकालीक अवस्थादेखीनै आफ्ना तर्फवाट भएका गल्तीलाइ सहर्ष स्विकार गर्नुको साटो माओवादीले केवल पार्टीको नीति विपरित र बरु उल्टै माओवादी विरुद्ध शड्यन्त्र भएको दावी गर्दै पन्छिने गरेको छ । तनहुका शिक्षकलाइ हात पछाडि बांधेर गला रेटेर गरेको हत्या होस या पत्रकार ज्ञानेन्द्र खड्काको टाउको छुट्याएर फुटवल खेलेको घटना वा पत्रकार विरेन्द्र साहको पाशविक हत्याति सबैमा माओवादीले जारी गर्ने गरेको विज्ञप्तीको भाषा एकै हुने गर्छ । फरक हुन्छ त केवल मृतकको नाम फरक । अहिले आएर व्यवसायि रामहरी श्रेष्ठको बारेमा पनि भयो त्यही । प्रचण्डले जारी गरेको विज्ञप्तीमा उही जनयुद्धकालीन कर्कशो भाषा छ- शड्यन्त्र भएको ।
अचम्म त्यत्रो सैन्य बल र अर्ध सैन्य बल रहेको माओवादी पार्टी विरुद्ध त्यो पनि अहिलेको अवस्थामा कस्ले शड्यन्त्र गर्ने हिम्मत गर्ला । यो त केवल हत्याको कालो दागवाट प्रचण्ड जोगिन खेलेको शब्दको खेल मात्र हो । शड्यन्त्र भइरहेको छ भने माओवादी विरुद्ध हैन श्रेष्ठका विरुद्ध र जनताका विरुद्ध हुंदैछ । पार्टीभित्र घुसेर बसेका केही स्वार्थी तत्व भनेर हत्यामा संलग्न जनसेनालाइ संकेत गरिएको छ । प्रचण्डले विज्ञप्ती जारी गर्दा विर्सिएकि क्या हो त्यो जनसेनाको सुपि्रम कमाण्डर त उनी आफैं हुन । भनेपछि के जनसेनामा रहेका सबै स्वार्थीतत्व हुन ?
हत्याको नैतिक रुपमा जिम्मेवारी िलंदै श्रेष्ठका परिवार र नागरिकका सामु सार्वजनिक रुपमा माफि माग्नुको साटो पुष्पकमल दाहाल अझै शड्यन्त्रको रट लगाएर जोग्गिने दाउंमै बस्नु क्या विडम्बनापुर्ण घटना । तर, अहिलेको बेलामा केन्द्रको निर्देशनमा अनुशन्धान भन्दै घरवाट लगेर माओवादी जनसेनाको शिविरभित्र कुटी कुटी मारेको घटना शड्यन्त्र भनेर सायद दाहालका आफ्नै चेलाहरुले पनि पत्याउंदैनन होला अरुको के कुरा । त्यसैले यस्ता बकमफुसे विज्ञप्ती हैन हत्याको नैतिक रुपमा जिम्मेवारी लिएर सार्वजनिक रुपमा यस्ता घटना पुन नदोहोर्याउने प्रतिवद्धता ब्यक्त गर्नुपर्छ र श्रेष्ठका हत्यारालाइ विरेन्द्र साहका हत्यारालाइ जोगाए झै नजोगाइ प्रहरी समक्ष बुझाउनुपर्छ ।