Posted by: Birkhe_Maila May 16, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

के तिमि क्लोजअप गर्दछौ

या दुनियाँ संग लड्दछौ

क्लोजअप किन गर्दछौ

क्लोजअप

 

टुँsssss…

 

पुन: स्वागत छ चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ताको कार्यक्रममा! अगि नै हामिले तपाइँहरुलाई आजका अतिथी को हुनुहुन्छ अनुमान गर्न भनेका थियौँ! हजूर ठिक अनुमान गर्नुभयो। आजका अतिथी हुनुहुन्छ हाम्रा चिरपरिचीत च्याङ्बा चाम्लिङ्ग ज्यू! वहाँ अगि नै हाम्रो स्टुडियोमा आइसक्नुभएको छ र अन्तरवार्तामा आउन पाउँदा वहाँ यहाँ म संगै को कुर्सिमा गजक्क परेर मुसुमुसु हाँस्दै आफ्नो आँखाको नानि लुकाएर बस्नुभएको छ! त सुरु गरौँ आजको अन्तरवार्ता-

 

संवाददाता- तपाइँलाई स्वागत छ स्टुडियोमा च्याङ्बा जी!

च्याङ्बा- म्हेरो बानि तोँलाई स्वागाद चा साउदादा

संवाददाता- हा हा हा स्वागत मैले गर्ने हो च्याङ्बा जी तपाइँले त धन्यवाद गर्ने हो!

च्याङ्बा- तोइँले मोलाई जे कार्छा मो तेइ कार्छा, दानेबाद तोइँले पाइला दे आनि मो दिन्चा!

संवाददाता- (मनमनै उफ्!) हे हे हे यहाँ सम्म आफ्नो अमूल्य समय खर्च गरेर आइदिनुभएकोमा धन्यवाद छ च्याङ्बा जी

च्याङ्बा- को आंमुल्या?? स्याप्रुको टाराक चालाउने डाइबार आमुल्या? तेज्लाइ मोइले भेट्यु बाने दुइडुक्रा पार्छा एइ खुगुरिले काट्छा! तेज्ले म्हेरो मोइज्याङलाई गुमाउना लागेर मो एग्लाई बायो।

संवाददाता- हैन हैन च्याङबा जी तपाइँले पैसा खर्च गरेर पनि नपाइने समय हामिलाई दिनुभएकोमा धन्यवाद छ पो भनेको!

च्याङ्बा- त्याजो भान्नादा साउदादा त्यो डारबारको नाम नालि मो संगा, नाद्रा तोँलाईनि काट्छा म्ह!

संवाददाता- (मनमनै उफ्!) धन्यवाद भनेको च्याङ्बा जी तपाइँलाई

च्याङ्बा आगिनै भानेकु भाए के हुन्द्यो? लु म्हेरो नि दानेबाद छ तोँलाई आनि रिढिओ सुनेर बास्याकु सापैलाई

संवाददाता (मनमनै खुइयsss”)हँ त च्याङ्बा जी, तपाइँलाइ खच्चर ग्रुमिङको अध्यक्ष पदबाट बर्खास्त गरियो, के यो ठिक लागेको छ तपाइँलाई?

च्याङ्बा- बाङ्गारा साङ्गारा झार्दिन्जा मोइले तेरु साउदादा, मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ ठिक नलागेकु तोँलाई थाहा छा ताइ पानि सोद्जा, तोँलाई बाच्ना मोन छाइना???”

संवाददाता- (मनमनै “प्रभु रक्षा गर”) “ हैन हैन च्याङ्बा जी मलाई त थाहा छ नि, कति दुख लागेको तपाइँलाई बरखास्त गरियो भन्ने सुन्दा, तै पनि हाम्रो श्रोताहरु कतिलाई थाहा नहुन सक्छ त्यसैले सोधेको नि?”

च्याङ्बा-आगिनै भानेकु भाए के हुन्द्यो? लु सोर्दाहारु तँ पानि सुन् मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मान्जेलाई मोइले छाड्दाइना। मोइले काम गारेना भनेरु मोलाई हाटायु आबु तोँइँले बाँच्ना साक्याना भानेरु मो तेल्लाई सान्सार बाट हाटाउँछ!”

संवाददाता- ओहो च्याङ्बा जी धेरै नरिसाउनुस न, अब जे हुनु भैहाल्यो, अब गरेर देखाइदिनोस न त खच्चर सुन्दरी पर्तियोगिता?

च्याङ्बा ओइ साउदादा, काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ हो तोँलाई हाइना, धेरै जान्ने नाबान् नात्रा तोँलाई पाइला सान्सारबाट हाटाउँछ!”

संवाददाता – “ श्रोताहरु, प्राबिधिक कारणबस यस संवाददादता माथि नै केहि आघातहरु पर्ने सम्भावना भएकोले हामि केहि क्षर बिश्राम चाहन्छौँ। केहि बेर पछि हाम्रा अर्का संवाददाता कुम्ले जी च्याङ्बासंगको कुराकानिलाई निरन्तरता दिन आउनुहुने छ!

च्याङ्बा- के भोनिस तोइँले बुज्ने गारेरा भान??

संवाददाता- च्याङ्बा जी तपाइँलाई तिर्खा लाग्यो होला कोक मगाउनलाई केहि बेर बिश्राम भनेको हो , अरु केहि हैन!

च्याङ्बा- आगिनै भानेकु भाए के हुन्द्यो? मो कोक खाँदाइना मोलाई जाँड ल्याइदे

 

टुँsssss…….टुँssss…..

के तिमि क्लोजअप गर्दछौ

या दुनियाँ संग लड्दछौ

क्लोजअप किन गर्दछौ

क्लोजअप

 

टुँsssss…

 

 

 

 

 

Read Full Discussion Thread for this article