Posted by: Birkhe_Maila May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

चित्त नबुझेको निबेदन उपर छानबिन र निर्णय:

 

हालै घटुवा गरिएका चिलिम कल्याण समाजका पूर्व अध्यक्ष श्री राहुलभाई रायमाझीले, पित्त सहित पठाएको चित्त नबुझेको निबेदन उपर भर्खरै मन्त्रीपरीषदले छलफल गरि निर्णय गरेको छ। निज रायमाझिको निबेदनलाई मध्यनजर राख्दै, उनले भोग्नु परेको पिडा पिडामापक यन्त्रले नाप जोख गरेर हेर्दै, चुनावि सरगर्मीले गर्मि गरेको कारणले चिलिममा कल्याण गर्न नसकेको ठहर गरेको छ। यस ठहर संग संगै मन्त्रीपरीषद आफ्नो पहिलाको निर्णयमा खेद प्रकट गर्दछ। साथै निजलाई प्रोत्साहन स्वरुप पद मात्र हैन सम्मानमा पनि बढुवा गरिएको छ। निजको अहिले देखि लागु हुने पद, अध्यक्ष 'चिलिम तथा मम कल्याण महाशाखा, गौशाला' रहेको छ। तर निजले चिलिम तथा मम दुबै पदभार तथा त्यसको तलब सुबिधा खानको लागि मन्त्रिपरीषद्ले दिएको सम्मानको बढुवालाई पनि ग्रहण गर्नु पर्ने अनिवार्यता भने राखेको छ। सम्मान स्वरुप मन्त्रिपरीषद 'ठुल्दाई' को नामले सम्मानित श्री राहुलभाई रायमाझीलाई आजका मिती देखि ठुलो भन्दा पनि सम्मानीत; 'बुढोदाई' को नाममा ससम्मान बढुवा गर्दछ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्

Read Full Discussion Thread for this article