Posted by: तिका: May 15, 2008
राजा सहितको गणतन्त्र नेपाल ?
Login in to Rate this Post:     0       ?        

श्रीपेचधारी राजतन्त्र खाल्डोखनी गाडे पनि

विजयको खुसीयाली देशैभरी बाँडे पनि

टोपीधारी राजतन्त्र बाँकी हुन्छ होस गर

घरघरबाट राजतन्त्र मास्ने कुरा ठोस गर

राजतन्त्रको विष-वृक्ष फेदै काटी ढाले पनि

हाँगा विगा अगेनामा दाउरा बनाई बाले पनि

जराबाट पलाउने डर हुन्छ होस गर

जरो किलो जलाउने डढेलोको ठोस गर

सबले देख्ने नारायणहिटी वढारेर खाली गर

नदेखिने नारायणहिटी दिमागबाट खाली गर

सियो बनी घुस्रीएर फाली बन्ला भविष्यमा

राजतन्त्रको अवशेषलाई खोजीखोजी नास गर

हिड्ने बोल्ने राजतन्त्र देशबाट मरे पनि

आर्यघाटमा पुर्‍याएर दाहसंस्कार गरे पनि

भूत बनि भविष्यमा सताउला होस गर

थोत्रो युग नर्फकने संघर्षको ठोस गर

सत्ताभित्र सोंचभित्र संस्कारभित्र लुक्न सक्छ

विपत्तीमा ठीक छ हजुर भनेर त्यो झुक्न सक्छ

मौका पारी तीर चलाउला दुश्मनले होस गर

नयाँ युग अजम्वरी हुनेकुरा ठोस गर

०६५/१/२५ काठमाडौं

Comment by T Balaram — May 14, 2008 @ 8:58 pm

Read Full Discussion Thread for this article