Posted by: तिका: May 15, 2008
राजा सहितको गणतन्त्र नेपाल ?
Login in to Rate this Post:     0       ?        

युबा,

१। माओवादीको हत्याहिंसा नामको कथित क्रान्ति प्रचण्डले कुनै रेडियलाई दिएको भनिएको कथित अन्तर्वार्ता भएको २०५८ साल भन्दा धेरै अगाडि शुरू भएको हो भन्ने कुरा तिमिजस्तो माओवादी पिठ्ठुलाई थाहा भएन भन्न सकिएन । राजतन्त्र बिरुद्द आन्दोलन गरेको भनिएको कथित गणतन्त्रवादीले चाहे त्यो बीरेनद्र नाम गरेको राजा होस् वा अर्को कुनै , उसको मृत्यु वा हत्यामा टाउको खुइलाएर “राष्ट्रवादी राजा मारिएको ” भनेर रुँदै, “यो साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतले चीनलाई घेर्ने निति अन्तर्गत रछेको षडयन्त्र हो” भनेर दन्त्य कथा सुनाउँदैन । सच्चा गणतन्त्रवादीले राजतन्त्र र यस्तो तन्त्रको औचित्यलाई निरर्थक मान्छ , यो राजा ठीक थियो र यो राजासंग हाम्रो सहकार्य थियो भनेर आफ्नो छद्म चरित्र प्रदर्शन गर्दैन । अत: गणतन्त्रको मुद्दामा माओवादीहरू कहिलै प्रष्ट र इमान्दार नभएको कुरा इतिहास सत्य हो । अहिले आएर उनिहरूको डाँको ठूलो छ , तर यसले इतिहासलाई झूटो साबित गर्दैन ।
२॥ “हामीले गणतन्त्रको क्रान्तिमा १३००० गुमायौँ” भन्ने कुरा अर्को सफेद झूट हो किनभने माओवादी क्रान्तिकालका वर्षहरूमा माओवादीले नै सबैभन्दा बढी नागरकहरूको हत्या गरेको कुरा साँचो हो । माओवादीले मारेका यस्ता नागरिकहरू गाउँस्तरका बिभिन्न पार्टी समर्थक, राजनैतिक कार्यकर्ता वा शिक्षकहरू थिए । माओवादीले गाउँमै बसिरहेका दरबारिया समर्थक र पञ्चहरूको समेत रौँ बराबरको क्षति गर्न त्यतिबेला आवस्यक ठानेनन, केही अपवाद भइका भए होलान । त्यो बाहेक माओवादी लडाकू वा मिलिसिया भएको आरोपमा उसका पक्षमा काम गर्ने र केही निर्दोष गाउँलेहरूलाई समेत पुलिस र सुरक्षा फौजले गैरन्यायिक हत्या गरेको साँचो हो । तर पनि पुलिसले माओवादीको आरोपमा उसका समर्थक र बम गोला बोकेर हिँड्ने वा पड्काउनेहरूको हत्या गरे पनि , चाहे त्यो माडी वा चल्दै गरेको गाडीमा आगो लगाउने एवम मार्ने काम होस् वा अन्य काटमारका घटना नै किन नहून, यी सबै कांग्रेस र एमाले जस्तारूको गाउँगाऊँबाट पत्तासाफ गर्नका लागि थिए। कहिल्यै दरबारिया बिरुद्द लक्षित थिएनन् । गिरिजाले माओवादी बिरुद्द सेना प्रयोग गर्न खोज्यो तर राष्ट्रवादी राजाले दिएनन् , त्यसैले राजा माओवादी समर्थक नै हुन कि भनेर बुझ्ने माओवादी राजनीतिको खुस्केको धोति अझैसम्म राम्रो गरी ततेरिएको छैन ।
३। राजा ज्ञानेन्द्रको सत्तारोहणको बेला माओवादीका नेताहरू विशेषत; बाबुरामले कान्तिपुरमा लामा लामा लेख छापेर राजतन्त्र सकिएको घोषणा गरेको साँचो हो । तर त्यसपछि, फेरि उने ज्ञानेन्द्रले सर्वसत्तावादी बन्ने महत्वकांक्षाले दलहरूलाई एकै डल्लो पार्न खोज्दा , माओवादी खूशी बनेर अब आफ्नो पालो आयो भन्ने ठानेको साँचो हो । यसका बारेमा धेरै मिडिया कभरेज पनि भएकै हो । तर माओवादी भित्र पनि फूट आएको ठानेर ज्ञानेन्द्रले , एकै मेसोमा माओवादी समेत दलहरूलाई लघार्छु भन्न खोज्दा अनि भारतलाई समेत शत्रू बनाउँदा वा विश्वासमा नलिँदा दलहरू र माओवादीको सहकार्य भारतीय मद्यस्थतामा सम्भव भएको हो । यिनै घटनाक्रमले माओवादीलाई पनि उस्तै प्रदूषित राजनितिको तिकड्ममा च्यापिएको चण्डाल ने साबित गर्छ । यिनीहरू त कहिले, भयंकर राष्ट्रवादी बन्न , दरबारको बुइँगलमा पुग्ने गरी अनि कहिले गणतन्त्रवादी बन्न प्रकास कारत, येंछूरी र एस डी मुनी निवास दिल्लीसम्म पुग्ने गरी चचहुई गरी पिङ खेलेको खेलै छन् ।
४। बिडम्बना यो छ , अहिले पनि माओवादीले राजनेतिक सहकार्य त कांग्रेस र एमालेसंग गरिरहेको छ तर उनैका कार्यकर्ता गाउँगाउँबाट चुट्दै लखेट्दै छ । तर उनीहरू हिजोका मण्डलेलाई भकाभक अभिषेक गर्दै खाट्टी कामरेडको बिल्ला भिराएर दिक्षित पार्दै छन् । अहिले नि उनीहरूका आफन्त कांग्रेस र एमाले नभएर दरबारिया हुने गरेका छन् । कांग्रेस र एमालेका लाखौँ मा्न्छे अझै माओवादीले लुटेका आफ्ना घरमा फर्किन नपाएर रोइरहेका छन, तर केही महिना अघि वाइस्यालले कब्जा गरेको राजावदि कमल थापाको मकवानपुरको घर त वाइस्यालले कब्जा फुकुवा गरी फिर्ता दिएछ । कति पवित्र नाता !!
५। तर सारांसमा भन्नु पर्दा , कांग्रेस, एमाले , माओवादी, राजा , सेना , जनसेना( जनता रेट्नेवाला) , धनसेना (चन्दा उठाउने वाला) , सबैको हैसियत सदा झैँ फोहर, रगत, लूट, हिंसा, हत्या, उग्रवादको दलदलमा चुर्लुम्म डुबैकै थियो र छ । कुनै बेला कुनै समूहको जोरजुलुम देखेका हामीले अहिले, भर्खरै जंगली राजको नसा पिएर शहर पसेको भीढको ज्यादति देख्दै छौँ ।

Comment by अनुजबाबु — May 13, 2008 @ 8:15 pm

Read Full Discussion Thread for this article