Posted by: तिका: May 15, 2008
राजा सहितको गणतन्त्र नेपाल ?
Login in to Rate this Post:     0       ?        

ZZ जी,
तपाईंले उठाउनुभएको बिषय बस्तुमा मेरो केही बुँदागत असहमतिहरु राख्दैछु।
1. सरकार को बारेमा,
तपाईंले अब बन्ने सरकार पनि अन्तरिम संबिधान नै टेकेर बन्ने हुनाले यस्को हैसियत पनि अन्तरिम हुने भन्नुभएको छ। सरकार अन्तरिम हुनु र नहुनुले तपाईंले उठाउनु भएको मूल बिषय यानी गणतन्त्र को कार्यन्व्ययन कसरी होला भन्ने कुरालाई केही फर्क पार्छ र? कि माओवादीहरु तिमीहरु ठुलो पार्टी भयौ त के भयो आखिर तिमीहरुले बनाउने साकारको पनि हैसियत त अन्तरिम नै भयो नि भनेर केही सन्तुस्टी मात्र लिना खोज्नुभएको हो।
2. सरकार गठन को बारेमा,
सबैलाई थाहाछ यो चुनाव भनेको संबिधान सभा को गठन को लागि भएको हो र पुरानै किसिम को संसदिय चुनाव होइन जसले आवधिक सरकार बनाउने गर्छ। तर पनि के कुरा सत्य हो भने संबिधान बनाउन लाग्ने २ बर्ष को समय को लागि पनि देशको दैनिक प्रशासन चलाऊन सरकार त चाहिन्छ नै र कसैको पनि २/3 बहुमत ( जस्लाई मात्र यो अन्तरिम संबिधान ले चिन्छ ) नभएको अवस्थामा सबैभन्दा ठुलो दलले सरकारको नेत्रित्वको दाबी गर्नु अन्तरराष्ट्रिय प्रजातान्त्रिक संस्कार्नै होइन र? यस्लाई माओवादी को सत्तामोह भनिदिनुले कतै तपाईंमा पहिलेदेखिनै रहेको माओवादीप्रतिको पुर्बाग्राह नै झल्काउदैन र? तर सत्तामोह त आफ्नो त्यो अवस्था हुँदा पनि सरकार को नेत्रित्व हामीनै गर्छौँ भन्ने कांग्रेसमा पो देखियो नि होइन र?
3. गणतन्त्रको कर्यान्वयन्को बारेमा,
मलाई लाग्छ नेपालमा गणतन्त्र आउनबाट अब त कसैले पनि रोक्न सक्दैन सरकारको नेत्रित्व गर्छु भन्ने माओवादीले पनि। अब रह्यो कार्यन्व्ययन कसरीहुन्छ भन्ने कुरा त्यो त प्रस्ट रुपमा राजाको व्यबहारमा नै भर पर्छ। यदी जेठ १५ गते को पहिलो बैठकले गणतन्त्रको घोषणालाई कार्यन्व्ययन गरेपछी राजाले सजिलै दरबार छाडेर निर्मल निवास तिर आफ्नो डेरा सारे भने हाम्रो देशको लागि त्योभन्दा उत्तम केहीहुनेथिएना तर उनले दरबार म रहेका केही सेना को भरमा म त्यहीं बस्न सक्छु भनी सोचेभने उनले गद्दी छाडे पनि नेपालमै बस्न पाउने सुनौलो अवसर पनि गुमाउनेछन। ZZ जी नेपाल सांचैको गणतन्त्र भएको हेर्न चाहने तपाईंको पवित्र चाहना लाई कदर गर्दै नेपालमा साँचोरुपमै गणतन्त्र त्यो पनि गिरिजाबाबुले भने जस्तो अब नयाँ पुस्ता ले गणतन्त्र को लागि कहिलै संघर्ष गर्नुनपर्ने गरी आउन्छ भन्नेमा अब पनि विश्वाश गर्न गाह्रो होला र?

महर्शी USA

Comment by Maharshi — May 13, 2008 @ 7:17 am

Read Full Discussion Thread for this article