Posted by: Birkhe_Maila May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

चौतारी मन्त्रिपरीषद् द्वारा बिभिन्न बिभागहरुमा जारी गरिएको प्रगति विवरण:

 

यस चौतारी मन्त्रिपरीषद् अन्तर्गत पर्ने बिभिन्न बिभागहरुले आ-आफ्ना काम कर्वाही, विकास कार्यक्रम तथा कर्तव्यपालन गर्दै आएको कुरा सर्वविदितै छ। यसै सम्बन्धमा बिगत केहि समययता चौतारीका केहि बिभागहरुले देखाएको काम प्रतिको उदासिनता, लापर्वाही तथा अख्तियारको दुरुपयोगको सम्बन्धमा चौतारी मन्त्तिपरीषद् यो सुचना प्रकाशित गर्न बाध्य भएको छ।

१)अल्लारे ठिटा तथा गालिगलौज समाज का अध्यक्ष श्री भगुतभाई भन्डारी बिना कुनै सुचना चौतारीबाट गायब हुनुभएको, चौतारीका मालसामान फिर्ता नगर्नुभएको, चौतारीलाई पटक पटक चाहिने गालिगलौज तथा अल्लारे ठिटाठिटि बिगार्ने काम भएको देखिन नआएकोले, तपाइँ श्री भगुतभाई भन्डारीलाई आजका मिति देखि लागु हुने गरि घटुवा गरिएको छ। तपाइँको आजदेखिको 'पद बेशोमती ठिटो तथा लिख्रिके एटिच्युड सहायक' रहने छ।

२)मरुभुमिकरण तथा बडारकुँडार महाशाखा का हेड पुन्टेन्द्र प्यारा परियार, तपाईँको लापर्वाहिले गर्दा चौतारीमा लागेको रंग पनि बडारिएर फिका हुन पुगेको, शुक्रबार साँझ लाग्ने मात पनि हराउँदै गएर समात् समात् भन्दै खोसेर रमाउनु पर्ने अवश्था सृजना भएको तथा तपाइँ मरुभुमि प्रमुख भएर पनि आफ्ने कपाल उमार्ने स्वार्थ बाहेक अरु कुनै पनि काममा ध्यान नदिनुभएकोले, तपाइँलाई पनि आजका मिती देखि लागु हुने गरि हदै सम्मको घटुवा गरिएको छ। तपाइँको आज देखि लागु हुने पद ' पियन श्री पुन्टेन्द्र प्यारा परियार, केवल बडारकुँडार महाशाखा' रहने छ।

३)मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजनाका प्रमुख श्रि मदनवा महतो, तपाइँ चौतारीको ठाउँ ठाउँमा मोतिबिन्दु र भ्याक्सेस्टोमी क्याम्प राख्छु भन्दै खोक्नु खोकेर हिँड्नुभएको तर क्याम राख्नुको सट्टा लरकि पाएन भनेर ठाउँ कुठाउँ कराउँदै हिँड्नुभएको कुरामा मन्त्रिपरीषदको ध्याक आकृष्ट भएको छ। तपाइँको लापर्वाहीले गर्दा चौतारीमा मोतिबिन्दु क्याम्पको अभावमा कयौँ बाटुले हरु नेर्तज्योती बिहिन बनेकाछन भने कयौँ बाटुलीहरु आधि दर्जनमा एक थपेर सात सन्तानको आमा बन्न बाध्य भएका छन्। तपाइँलाई पनि आजका मिती देखि घटुवा गरिएको छ। तपाइँको आज देखि लागु हुने पद् ' हेड मिस्त्री, भ्याक्सेसटोमि तथा मोतिबिन्दु क्याम खम्बा गाडगुड समिती' रहने छ।

४)गुप्तचर बिभाग प्रमूख श्री चित्रबहादुर चित्रकार, तपाइँ चौतारीमा हुने अनेकन कृयाकलापको जासुसिको जिम्मा बोकेर पनि, आफ्ने भुँडिको जासुसिमा व्यस्त रहुनुभएको कुरा खुल्न आएको छ। उत्तरी काराकोरम मा बसेर, दिनभरि ठसठसि कनेर, हजारौँ डल्लर गनेर, चौतारी आउँछु भनेर चौतारीको जासुसिलाई बाल मतलब गरेर आफ्नेँ भुँडि कसरि भरौँ भन्ने जासुसि तर्फ लागेकोले तपाइँलाई पनि घटुवा गरिएको छ। तपाइँको आज देखि लागु हुने पद, ' झारे सुलसुले, आँखा अगाडिको जासुसि बिभाग' हुने छ।

५)रसरंग तथा भोजन व्यवस्थापन समितीका अध्यक्ष श्री हर्कबहादुर हमाल, तपाइँले आफूले पाएको सम्पूर्ण चौतारीबासिको भुँडि भर्ने जस्तो गहकिलो पदको पदभारले थिचिन पुगि, सम्पूर्ण चौतारीका भोका पेटहरुमाथि नै लात हान्नुभएको छ। रसरंग तथा भोजन व्यवस्थापन को पदको दुरुपयोग गरि तपाइँले रसरंगको हकमा केवल गित फर्माइस गरेर एक्लै आनन्द लिने गर्नु भएको देखिन आएको छ। अझ अर्को जघन्य काम तपाइँको भोजन साखा तर्फको छ। कयौँको भोक शान्त पार्ने जस्तो ठुलो पद लिएर भोजनको रुप मा केवल सुङ्गुर र बँदेललाई मात्र देखिदिनाले तपाइँको काम देखेर सम्पूर्ण चौतारीबासिले नै स्याड भएर सुङ्गुरको थुतुनो जस्तो थुतुनो पार्न बाध्य भएका छन्। तपाइँलाई पनि आजका मिती देखि लागु हुने गरि घटुवा गरिएको छ। तपाइँको आज देखिको पद, ' रंगमा भंग तथा बेकन पोलपाल सहायक' रहने छ।

बाँकि बिभागहरुको हकमा, यतिखेर चौतारी मन्त्रिपरीषदको आकस्मिक बैठक बस्दै छ र केहि समयमा नै अर्को सुचना प्रकाशि गरिने छ।

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

 

Read Full Discussion Thread for this article