Posted by: crazy_love May 14, 2008
खाली पानाबाट.....
Login in to Rate this Post:     0       ?        

 

निलु, म धेरै टेन्सनमा छु।"


निलु टुलुटुलु सजलको अनुहार हेरि रही। मनभित्र अनेक शंका आशंकाहरुले घेर्न थाले। सजल केहि भन्न लाग्दैछ। उसको शंका सत्य हुन लागेको हो? यो उसको बिहे पछिको दोस्रो रात मात्र हो। स्वास रोकेर बसी निलु। डरले निलुको मुटु काँप्यो। भित्र भित्र भगवानको नाम जप्न लागी।

"मेरो बैंककको बिजिनेसमा ठुलो समस्या आएको छ।" सजलको भनाइमा गम्भिरता देखियो।

निलुको आँखा रसाए। बेकारमा पाप सोच्छे, यो सबै त्यो हिन्दी सिरिअलहरुको हेरेको परिणाम हो। मन ढुक्क भएपछि सजलप्रति अझ धेरै माया पलायो उसको।

"तिमी चिन्ता नगर। ब्यापारमा यस्तो भैरहन्छ। मैले अलि बढी समय मेरो कामलाइ दिनु पर्छ। तल अफिसमा थुप्रै रिपोर्टहरु तयार गर्नु छ। शायद बैंककको मेनेजरसङ फोनमा कुरा पनि गर्नु पर्छ होला। तिमी सुते हुन्छ।" सजल निलुले केहि भन्न नपाँउदै कोठाबाट बाहिरियो। कस्तो मान्छे रैछ, त्यस्तो समस्या भाको बेलामा किन बिहे गर्‍या होला। अलिक पछि बिहे सारे पनि त हुन्थ्यो नि। घरमा सबै कुरा मिलिसकेकोथ्यो। सजल स्वार्थी पनि लाग्यो उसलाइ। आफ्नो कुरा चाहिँ सुनाउने, उ के भन्न चाहन्छे, त्यो चाहि नसुन्ने। हुन त निलुले आफैलाइ दोष दी। किन बोलिन उ सजलको सामु? उसको शब्दहरु कहाँ अडके त? केहि भन्नु पर्थ्यो निलुले सजललाइ? तर के भन्नु पर्थ्यो उसले सोच्न सकिन। दोस्रो रात पहिलो रात जस्तो नकारात्मक कुराहरु आएन उसको मनमा। उसले कारण थाहा पाइसकि, सजलको काममा ठुलो टेन्सन छ। उसले सुनेकी थी बैंककमा सजलको ठुलो गहना शोरुम छ। त्यो रात उसले भोली माइत जाने कुरा कल्पिदैं एक्लै सुती।
बिहेको तेस्रो बिहान पनि निलु कुमारी ब्युँझी र जन्मघर जाने खुशीमा सबेरै उठी। सजल कोठामा थिएन, शायद कामको टेन्सनमा उ तल सुत्यो। त्यस दिन आफै किचेनमा गएर चिया पकाइ। सासुले उसलाइ माइती जाँदा कुन गहना र सारी लाउने भनेर सुझाब दिनु भयो। त्यो एक रात निलु माइतीमा बस्ने र अर्को साँझ घर फर्किने भन्ने कुरा भयो। उ बिहानभरी मन पर्ने गीत गुनगुनाइ। सजल उनिहरु निस्कनु भन्दा १५ मिनेट अघि मात्र कोठामा आयो, नुहाउन गयो र ११ बजेतिर सजल र उ कुपोन्डल पुगे। त्यति थोरै समयभित्र निलुले सजललाइ केहि भन्न रुचाइन। सजलले पनि केहि सोधेन अथवा भनेन पनि। माइती जाँदा उ दुखी देख्न चाहन्नथी। बाटोमा सजलको मोबाइल बजिरह्यो। सजलले खाली "यस" र " नो" मात्र भनेको सुनी उसले।
कुपोन्डलमा पुग्नासाथ भाइ बैनीहरु सजलसङ झ्याम्मिन थाले। उ हाँसी हाँसी सबैसङ कुरा गर्न थाल्यो। बुबा मामुलाइ पनि अति नै नरम मिजासले सम्मान दिन्थ्यो। घरको सबै मान्छेहरु उसङ धेरै नजिक भए झैं देखिन्थे। निलु जो उसको सबभन्दा नजिकको मान्छे, उसकी स्वास्नी, बिहे गरेको तेस्रो दिनसम्म पनि उसङ सामान्य कुराकानी गर्ने हिम्मत राख्न सक्दिनथी। टाढाबाट निलुले सजलको ब्यबहार नियाली रही र आफैलाइ सोधी। उ किन सजल सङ नजिकिन सक्दिन?

खानपिन भयो, सजलले मोबाइलमा बेला बेलामा चेक पनि गर्दैथ्यो। २ घन्टापछि सजलले उसको एउटा पुतलीसडकमा उसको नयाँ क्लाइन्टसङ जरुरी मिटिङ छ भनेर उठ्यो। बुबाले ब्यापारमा यस्तै हुन्छ भनेर उसलाइ बिदा गर्नु भयो। जाने बेलामा निलुले सजलको अनुहारमा उसको लागी केहि कुरा खोजीरही। उसले  केही पाइन। ढोकाबाट निस्किदाँ पनि सजलले एकचोटि उसलाइ फर्केर हेरेन। मानौं निलु उसको स्वास्नी होइन, उसले निलुलाइ चिनेकै छैन। निलुलाइ चसक्क छाती पोल्यो। के सजल उसलाइ सधैको लागी छोडेर गएको हो? जाने बेला त एकचोटी उसलाइ हेर्नु पर्थ्यो। केही भन्नु पर्थ्यो। उ सजल गएको बाटो हेर्दै थी, उ फर्केर उसलाइ लिन आँउछ कि आँउदैन भनेर सोच्दै थी.......

"निलु मैयाँ, हजुर त बिहे पछि पनि उस्तै।" सानीले झस्काइ उसलाइ।

"हो त नि सानी, म अहिले पनि उस्तै छु, जस्तो बिहे नगर्दा थिएँ।"

"खोइ हजुरको निधारको रातो टिका?" सानीले आफ्नै टिका झिकेर उसलाइ लगाइदी।

साँच्चै उसको टिका कहिँ खसी सकेको थियो।

क्रमश:

Last edited: 14-May-08 02:24 PM
Read Full Discussion Thread for this article