Posted by: ( * )( * ) May 14, 2008
Eating Beef in NEPAL
Login in to Rate this Post:     0       ?        
hahaha look at these commies..

गाई काटेपछि भोट दिएकोमा पश्चात्ताप
माओवादीले नयाँ संस्कृतिसहितको नयाँ नेपाल निर्माण गर्ने कुरा गरिरहँदा खोटाङवासीले भने नयाँ नेपाल भनेको गाई काटेर मासु खानु रहेछ भनी बुझ्न थालेका छन्। संविधानसभा निर्वाचनमा खोटाङका दुवै क्षेत्रमा माओवादी विजयी भएपछि विजय भोजसँगै गाई काट्ने प्रचलनको सुरुवात गरिएको हो। विजय भोजका लागि एउटा कलकलाउँदो बाछी र गाई काटेपछि मओवादीको व्यापक विरोध भएको थियो। दिक्तेल बजारनजिकै रहेको हेलिप्याड ग्राउण्डसँगै गाई काटेर भोज गरेपछि स्थानीय जनताले असन्तुष्टि जनाए पनि खुलेर विरोध गर्न सकेका थिएनन्। तर, माओवादीहरूले अहिले विभिन्न स्थानमा गाई काटेर मानिसलाई खुवाउन थालेपछि खाने र खुवाउने दुवै थरीको विरोध गरिएको छ। माओवादीको विजय जुलुसमा सहभागी हुनेहरूमध्ये कतिपयलाई गाईको मासु खाँदा बान्ता भएको थियो। भोजमा गाई र बाच्छीका अलावा राँगो र भैंसी पनि काटिएको थियो। विजयी सभासद्हरू समिता कार्की (अस्मिता) र रामकुमार राई (पासाङ) को निर्देशनमा भएको उक्त भोजको व्यवस्थापन पृथ्वी किराँतीले गरेका थिए। पहिला नेकपा एमालेमा सम्बद्ध कतिपय व्यक्तिहरू त्यहाँ गएर गाईको मासु खाए माओवादी भइने ठानी बलेको आगो ताप्ने क्रममा त्यहाँ पुगेका थिए। भोजपछि बान्ता गर्नेमा पहिला एमाले समर्थक र हाल माओवादीमा प्रवेश गरेका नवमाओवादीहरूको सङ्ख्या उल्लेख्य थियो। क्षेत्री, बाहुनले मात्र होइन स्थानीय राईहरूले पनि गाई काटेको कुराको व्यापक विरोध गरेका छन्। उनीहरूको भनाइ छ, 'गाई काट्नका लागि हामीले माओवादीलाई भोट दिएका होइनौं।' गाई काण्डले त्यहाँ माओवादीलाई किन भोट दिइएछ भनी पश्चात्ताप गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। हिन्दूहरूले गाईलाई लक्ष्मी मानेर पूजा गर्दै आएका छन् र गाई नेपालको राष्ट्रिय जनावर पनि हो।  
प्राप्त जानकारीअनुसार अहिले खोटाङका विभिन्न गाउँहरूमा जनताले माओवादीलाई गाई नकाटिदिन हात जोड्दै आग्रह गर्ने गरेका छन्। बूढापाकाहरूले हात जोड्दै भन्ने गरेका छन्– हामी मरेपछि जेसुकै गर्नुस्, तर बाँचुन्जेल यस्तो नगरिदिनुस्। विगतमा माओवादीहरूले पूजा, श्राद्धजस्ता सांस्कृतिक परम्परा मान्नेलाई धम्क्याउँदै आएकोमा अब त्यस्ता परम्परालाई निर्बाधपूर्वक मान्न पाउनुपर्ने माग पनि खोटाङवासीको रहेको छ।
Read Full Discussion Thread for this article