Posted by: crazy_love May 13, 2008
खाली पानाबाट.....
Login in to Rate this Post:     0       ?        

बिहान उठ्दा बजिसकेकोथ्यो। नुहाइवरि चिया खान भनेर भान्छाकोठामा गइ। बुबा उसलाइ कुरेर बस्नु भएको थियो। त्यसदिन उसलाइ बुबाले ढिलो उठी भनेर गाली गर्नु भएन। निलु आफ्नो लागि आफै चिया बनाँउथी। अरुले बनाएको चिया उसलाइ मन पर्दैनथ्यो।

"निलु, तिमी अब चिया खाएर तयार हुन जानु पर्छ। जन्ति ११ बजे नै आँउछन्,  दिँउसोको लगन छ। जग्गेमा ५/६ घन्टाको काम भइ हाल्छ।"

" एक्छिनमैं चिया खाएर जान्छु।"

"तिमीलाइ नयाँ घरमा शुरु शुरुमा केहि समस्या होला। नौलो मान्छेहरुको भिन्दै सोचाइ हुन सक्छ, जुन तिम्रो बिचारसङ नमिल्न सक्छ। हाम्रो घरको बाताबरण भन्दा बेग्लै हुन सक्छ त्यहाँको परिबेश। कुरा नमिल्यो भन्दैमा, कसैले चित्त दुखाँउदैमा तिमी नआत्तिनु "के गर्ने?" भनेर एकैचोटि तिम्रो घरको कुराहरु हामीसङ नगर्नु। त्यस्तो भएमा हामी बिचपनि तिम्रो घरप्रतिको सम्मान घट्न सक्छ। तिमी अब ठुली भैसक्यौ। आफ्नो समस्या सङ आफै सामना प्रयास गर्नु। समाधानको उपायहरु खोज्नु। मानिसलाइ बुझ्न गार्हो हुँदैन, प्रेम आदरले मन जित्न सक्यौ भने तिम्रो जिबनमा चुनौतीहरु धेरै हुँदैनन्।"

बुबाको कुरा सुनेर निलुलाइ अलिकति नमिठो अनुभव भयो। अब यो घर पनि उसको घर भएन। बुबाले उसलाइ सम्झाएको कुराहरुलाइ ध्यान दिएर सुन्दै उस्ले चिया पिउन थाली।

"जति कोशिस गरेपनि कहिले कहि मानिस थाक्न सक्छ, दुखसुखको कुरा गर्ने साथी खोज्न सक्छ। त्यस्तो बेलामा यदि तिमीलाइ केहि भन्न मन लाग्यो भने यी यो तिम्रो नयाँ साथीलाइ भन्नु।" रातो मखमलको खोल भएको राम्रो डायरी अगाडी बडाउनु भयो बुबाले। डायरीको बाहिर लेखिएको थियो "निलुको साथी"

"बुबा, धन्यबाद! "

"तिमीलाइ धेरै नै दुख महसुस भयो भने तिमी यो डायरी खोलेर मनभरीको पीडालाइ यसरी लेख्नु कि तिम्रो कोही साथी तिम्रो कुरा ध्यानपुर्बक सुनिरहेको छ। त्यसले तिम्रो मनको बोझ हलुको पनि हुन्छ। तिमी धेरै तनाबमा हुँदैनौ। तर त्यसबाट पनि तिम्रो समस्या समाधान भएन भने मात्र मलाइ अथवा तिम्रो मामुसङ कुरा गर्न सक्छौ।"

निलु डायरीको वल्टाइ पल्टाइ हेर्न थाली। तुरुन्तै त्यो लिएर उसले लुगाहरु भएको सुटकेसमा राखी।

 

निलुलाइ ब्युटी पार्लरबाट आएका दुइ महिलाहरुले सिङार्न थाले। उसकी नजिका साथीहरु पनि बेला बेलामा कुन टिका सुहायो कुन सुहाएन भनेर  सुझाब दिन्थे। बैनीहरु पनि सारी लगाउन त्यही कोठामा घरि कसलाइ घरि कसलाइ गुहार्दै थे। दुइ घन्टा जति पछि निलु दुलही बनी। रातो सारी, गहना, भर्खर बनाएको केश सज्जामा निलु ताजा गुलाफको  फुल जस्तै देखिन्थी। ऐनामा हेर्दै निलुले मनमनै सोची, सजललाइ उसको यो रुप मन पर्छ कि पर्दैन होला? सजल कस्तो देखिएको होला अहिले?

"पहिला खाना खाउ निलु। भरै सम्म तिमीलाइ भोक लाग्छ" मामुले खाना अगाडी ड्रेसिङ टबुलको अगादी राखिदिनु भयो। खाना खाँदा उसले फेरि सोचि। सजलको घरमा पनि उसलाइ यसरी कसैले खानाको लागि सम्झाँउछ कि सम्झाँउदैन होला। मामु उसलाइ आँखाभरी आँसु लिएर हेरि मात्र रहनु भयो, केहि बोल्नु भएन। उसको मनमा पनि गाँठो पर्यो तर उसले मामु रुनुहुन्छ भनेर जबर्जस्ति रुन्चे हाँसो हाँस्दै सोधी।

"मामु, कस्ति देखिन्छु?"

" जन्ति आउने बेला भयो, सबै स्वागतको लागि तयारी गर केटी हो। उता जग्गेमा बाजेलाइ के के सामान पुगेको छैन, गएर बुझ।" मामु आँसु पुछ्दै उसले खाइसकेको प्लेट लिएर बाहिर निस्किनु भयो।

जन्ति आयो, जग्गेमा सबै बिधिहरु भए, सजलले उसको सिँउदो सिन्दूरले सजायो, लगनको पोते पनि गलामा लाइदियो। अब सजलको पत्नी भइ। धर्मले, कर्मले मनले निलु सजलको जिबनको अभिन्न अङ्ग बनी। बुबा मामुले उस्लाइ सजललाइ मारे पाप पाले पुण्य भनेर जिम्मा लगाइदिनु भयो। अनि निलुको बिदाइ पनि भयो। आफ्नो जन्मघर छोड्दा "माइतीघर तिम्रो होइन भन्ने" बाजाले झन सबै भाव बिव्हल भएका थे। निलु रुँदै आफुले खेलेको आँगनलाइ छोडेर  कुपन्डोलबाट सजलको घर कमलादी पुगी।

 

उसको घर यानि कि सजलको घरमा पनि आफन्तहरुको भिंड थियो। नजिकका नातेदारहरुसङ त्यहाँ गएको केहिछिनपछि परिचय गराउन शुरु भयो। कसैलाइ ढोग्नुपर्ने (टाउको निहुराएर मात्र), कसैलाइ नमस्ते गरे पुग्ने। सजलको मुमा अब  उसको सासुले जे जे भन्नु भन्नु हुन्थ्यो त्यही गर्थी। त्यत्रो मानिसहरुको अनुहार उसले भोली कसरी सम्झिने भनेर पीर लाग्यो। त्यसपछि खान खुवाउन लगियो उसलाइ। त्यो दिनको भोक तिर्खा हराइसकेको थ्यो, तै पनि मुख जुठो गरि टोपली। राति १० बजेपछि उसको सासुले उसलाइ उसको कोठामा लानु भयो। एउटै कम्पाउन्डमा दुइटा घर थिए, सजल उसको सासुको। एउटा अलि पुरानो ठुलो जहाँ सासु केहि कामदारहरु बस्थे, अर्को चाहि अलिकति पर  सुनसान  ठाँउमा जहाँ सजल एक्लै बस्न रुचाँउथ्यो। उनिहरु बस्ने घर सानो एकतल्लाको थ्यो, तलको तलामा बैठक सजलको घर-अफिसको कोठा, माथी चाहि ठुलो सुत्ने कोठा त्यो सङै जोडिएको सानो अर्को कोठा।

" अब तिमी आराम गर। यो तिम्रो घर हो जसरी मन लाग्छ सजाउ। केही चाहियो भने सजललाइ वा मलाइ निर्धक्क भन्नु। तिम्रो लुगाको सुट्केस लिएर  गीता आँउदैछे …"

नभन्दै उसको आबस्यक लुगा गहना भएको सुटकेस बोकेर एउटी जवान केटी कोठामा प्रबेश गरी। सुटकेस भुइँमा राखेर उसलाइ "दर्शन" गरी।

क्रमश:………………………..

Last edited: 13-May-08 11:07 AM
Read Full Discussion Thread for this article