Posted by: Nepe May 11, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

Aman-jyu,

 

गज्जबका छन् शेरहरु । काँटछाट, थपथाप गरेर सिङ्गै गजल बनाउन निवेदन छ ।

 

*** *** *** *** *** *** ***

 

Shirish,

 

सन्देश त बुझिरहेको छु । परन्तु भेडा हरुको चित्रणमा भने मेरो मतान्तर छ है । भनिराख्नु पर्‍यो नि ।

 

अनेकौं देशी-विदेशी पाले-कुकुरहरुले ब्वाँसाहरुको खोरमा थुन्न भनेर लखेट्दा लखेट्दै पनि नेटेरेर बाघकै खोरमा पसी बाघैलाई दाम्लोले बाँधीदिएर दुध दुहुने भेडाहरुलाई मामुली भेडा भन्ने कसरी, रे क्या ।

 

जे होस् एक जटील ईतिहासलाई आफ्नो ज्ञान र विवेकले बुझ्न गरिरहेको प्रयासलाई भने मेरो अकुंठित अभिवादन छ है ।

 

कतिपय पर्यवेक्षकहरु के भन्दा ठीक होला भनेर सोचेर मौन बसिरहेको बेलामा आफ्नो विवेकसम्मत विचार निर्धक्क राख्नु भनेको पनि ठूलै नागरिकत्व हो ।

 

Keep up the good work.

 

Nepe
Read Full Discussion Thread for this article