Posted by: kalejo May 11, 2008
बिदाई
Login in to Rate this Post:     0       ?        
प्रभो  को कथा को त म ठुलै पङ्खा हुँ। टिप्पणी दिन नपाए पनि पढ्न भने कहिले छोडिएन। कती चोटि त १५ दिन पछी भए पनि देखेर पढिएको छ। २००४ को  "Tears - Where I Failed"  बाट पछिलागेर आज यो "बिदाइ" सम्म पुगियो। धेरै बर्ष बिताएछु गाँठे प्रभो को कथाहरुमा टटोलिएर। उसैत आइतबार झर्को लाग्छ मनलाई यस्सै त्यस्मा पनि प्रभो को यस्तो बिदाइले त मन नै छताछुल्ल पर्‍यो। कती दिन देखी देखिरहेको तर "बिदाइ" शिर्षक देखेर पढिहाल्न पनि मन नलाएर आज हेरेको त बेक्कार हेरेछु जस्तो भो। प्रभो जस्ता को निर्णयलाई सधैं कदर गर्दै आएको हुँदा यो निर्णय को पनि कदर गर्दै यहाँ बाट सुरुहुने हरेक पाइलाहरुकोलागी शुभकामना।
Read Full Discussion Thread for this article