Posted by: pjna007 May 10, 2008
बिदाई
Login in to Rate this Post:     0       ?        

फुर्सद पाउनासाथ साझा चियाउदा प्राय स्टोरिज हरु मेरो पहिलो क्लिक हुने गर्छन। "बिदाइ" आज देखे, बिदा कथा कै अर्को भाग जस्तै केहि होला भनेर यो धागो खोल्न सकिन, (बिदा पढ्दा दिनै भरि मन अमिलिएको थियो) तर दीप को कथा छुटाउन मन ले कहा मान्थ्यो र। पढि सकेपछि लाग्यो शायद नपढेकै भए बेश हुन्थ्यो होला। कम्सेकम आश सम्म गरिन्थ्यो होला दीप का बाङे,ट्वाके, झ्यालिन्चा,दिब्या,भिनाजु, इन्द्रेणि हरु ढिलो चाडो पक्कै "घर" आउलान भनेर......
खैर, जीबन समग्रता को नाम हो नेपेदाइ को यो भनाइ म फेरि दोहोर्यौने अनुमति चाहन्छु, केहि तिता, धेरै मिठा बिर्सिनसक्ने सम्झना हरु को खात मा  दीप र दीप का कथाहरु सधैं मेरो स्‍मृति मा मिठा सम्झना बनेर बस्ने छन।

शुभकामना आगामि दिनहरुका लागि!
  

Read Full Discussion Thread for this article