साझामा दीपको कथाकथनकलाबाट पहिलोपल्ट छक्क परेको आज ठ्याक्कै ६ वर्ष भएछ । “मर्दको छोरा” (जुलाई २००२) बाट शुरु भएको त्यो पठनआनन्दयात्रा अनेक अद्वितिय हर्ष-विस्मातका नोस्टाल्जिया, मीठा मीठा लडिबुडी र केही प्रश्न-मग्नताका शिविरहरुसमेतबाट गुज्रेर आज कथाकलाकार स्वयंको साईबर-विदाईसम्म आईपुग्दा एक जुग भोगेको अनौठो महानुभूति भइरहेको छ ।
दीपको अद्वितिय सरलता र सरसतायुक्त आख्यान बाहेक अन्तराल अन्तरालमा सामयिक सन्दर्भहरु उपर मुक्तक शैलीमा आउने जटील टिप्पणीहरुले पनि पाठकहरुलाई बुद्धिविलास गर्न वा मजस्ता अलिक साँघुरो राजनैतिक कोठामा अभद्रताको ढोका थुनेर बसेकालाई एउटा वैकल्पिक क्षितिजको भद्र चिनारी दिएको हो भन्छु म । जीवन समग्रताको नाम हो भने त्यसलाई त्यसरी नै भोगियो दीपको साईबर-सहयात्रामा ।
दीपको यो साईबर-विदाई जीवनको अन्य मोडमा भेटका लागि निमन्त्रणा हो भन्ने मानेको छु मैले ।
साझाका एक प्रतिभाशाली र भद्र सहायात्री दीपलाई यहाबाट शुरु हुने अर्को यात्रामा सुखद गतिमयता र तृप्त पूर्णताको लागि समस्त शुभकामना !!
Nepe