Posted by: Rahuldai May 9, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

सबिता र कबिता
भाग १०

 

गर्मि को छुट्टि सकियो। फेरि झोला कसेर उही इलाहाबादको मरुभूमिलो गर्मि खान  गैयो। दिमाग पढाइले खाने , ज्यान गर्मिले। ज्ञानलाल पनि कल्कत्ता फर्क्यो। मन भरि तन भरि मीठा मिठा सपना, संझना, कल्पना के के ना बोकेर। ती मिठा सम्झिएका  नाहरु कति तीता छन्, मलाई हेक्का छ। तर सबैको खुशी बरकरार राख्ने ठेक्का लिएको मान्छे होइन म। फेरि पत्राचार् सुरु भयो, ज्ञान लाल् र म बीच। अनि ज्ञान लाल र कबिता बीच त झन एक्स्प्रेस मेल।

मैले केहि संकेत गरेको थिएं, कबिताको चर्तिकला अनि केटा फेर्ने महाकला बारे। ज्ञानलाल रिसाए। एक् चोटी त निकै रिसाए। रिसाए नि ठुसाए नि छु मतलब? कलकत्ताबाट यता आउने होइन, बढि गरे २-४ हफ्ता पत्र नलेख्ला। आफ्नो नि ७५ पैसा भारतिय मुद्रा बच्ने।

एवं रीतले ज्ञान लाल को कबिता निख्रंदै गए। मलाई एउटै मात्र डर् थियो, धेरै अग्ला अग्ला सपना देखि सकेका ज्ञानलाल् ले सपना टुटेको हेर्न सक्ला कि न सक्ला। सपना फुट्नु, सपना टुट्नु  टाउको फुट्नु जस्तो होइन, मलम पत्तिले ठिक होस्। मुटु भित्र लाग्ने घाउ न देखिन्छ, न लेखिन्छ, केवल चहराइ रहन्छ।

सेमेस्टर सकियो, साल सकियो। ज्ञानलालले कबिता कोरेको कोरेइ। फाइनल इअर नि सकियो, इन्जिनियर नि बनियो। गजधम्म फुलेर आइयो। ४५ केजी को बाँसको सिन्का जस्तो मान्छे, Flame पेन जस्तो फुलेर फर्कियो।
बडा ठुलो उपलब्धि हासिल गरे जस्तो लाग्थ्यो। बाटोमा हिड्डा नि आफु त इन्जिनियर बाबै- भने जस्तो गर्बको अनुभुति हुने। इन्जिनियर भएर के भो त जागिर खोजेर देखा न , आफैले अफुलाई खिसि गर्थ्यो। जागिर खोज्न दिन दिनै हिडिन्थ्यो। हामी पास भएर घर फर्केको २-३ महिना सम्म हाम्रो ब्याचका कोइ  पनि इन्जिनियर भएर फर्केका थिएनन्। न भैकन फर्किने चाहि थिए।

जो भेटे पनि बधाइ दिने, जागिर भने कसैले न दिने। पढाइ भन्दा गाह्रो पो रहेछ। छोकरी खोज्न सजिलो होला, यो नोकरी खोज्न गाह्रो ।


एक दिन  बेलुकी को आठ साढे आठ बजे तिर मलाई कसैले बोलाको जस्तो लाग्यो। झ्याल बाट चियाएं। हो रहेछ, एक जना अग्लो अग्लो मान्छेले मलाइ देख्ने बित्तिकै दाई, तल आउनुस् न भने। अध्यारोले चिन्न सकिन। दाई भने सि भाइ त होला नि भनेर तल गएं।

प्रदिप अर्थात पाक: चा रहेछ।
"ए भाइ पो! , किन  के काम् पर्‍यो भाई?"
 मलाई शंका लागि सक्यो, यो ज्ञानलाल को बारेमा कुरा गर्न आएको पक्का हुनु पर्छ भनेर।

"हैन दाई, सिरियस कुरा छ, यता भन्न मिल्दैन कि? " सास संगं वास: ( नेवारिमा रक्सि)  अलिकति गन्ध नि पनि मिस्सिएको थियो।

"माथी जाम् त।"

कोठा मा पुग्ने बित्तिकै बम्किन थाले, पाक: चा।

"पहिला बस अनि बिस्तारै सबिस्तार भन।"

"हैन दाई, म त्यो ज्ञान लाल भन्नेको हात खुट्टा न भाँचि छोड्दिन। त्यसले के सम्झ्या छ मलाई।"
 
"हैन भाई, ज्ञानलाल को हात खुट्टामा बुट्टा भर्नु पर्ने कारण के होला? के गर्‍यो त्यसले?" मैले नि न केही थाहा न पाए झै गरेर भने।

"हैन दाई, मैले लभ गरेको केटी फसाउन खोज्छ त्यसले। यस्तो पनि हुन्छ कोइ? लाज लाग्दैन, त्यसलाई? त्यस्तो पनि गर्ने भन्या हुन्छ? इन्जिनियर को ध्वाँस दिएर त्यस्तो सोझी कबितालाई फसाउन खोज्यो त्यसले।"
 
"अस्ति नै त्यो काठमाडौ अौदा हात खुट्टा भांचेर बीर हस्पिटलमा फालिदिनु पर्ने। सत्य दाई, दाईको साथी भएर मात्र न पिटेको त्यसलाई। दाइको इज्जत गर्छु नि म।"
 
अब उनको भावमा रिस भन्दा नि पीडा देख्न थालें। बिचरा, पाक:चा। उनको नजरमा ज्ञान लाल दोषि, ज्ञान लाल को नजरमा पाक:चा दोषि।
झन्डै रोए, प्रदिप।

उनले कबिता र उनको सम्बधको राम कहानी भने।
स्कूल देखि मन पराएको रे, एक ले अर्कालाई। बिचमा ज्ञानलाल आएर सोझी माथी चारा हालेको रे। जब जब छुट्टिमा घर फर्किन्थ्यो, तब तब ज्ञान लाल ले भेट्न अौ न भए आफै अौछु भनेर हैरान गर्ने रे। ज्ञान लाल को माइजु मार्फत( कबिता कि सानी आमा) अनेक कुरा गर्ने रे।
बिचरी जहिले पनि टेन्सनमा हुने रे।

"हेर भाई, मैले नि भेटेको छु, चिनेको छु, कबिता लाई। ज्ञान लाल त झन् मेरो सानै देखि को साथी। उनको हरेक कुरा मलाई थाहा छ। उनी कति नैतिकवान छन्, कति बदमास्, कति भलादमी, मलाई जति शायदै कसैलाई थाहा छ।"
 

"कहिलेइ कबिताको चरित्रमाथी शंका गर्यौ?"
 
"किन गर्ने, त्यस्ति सोझी माथि?"  अघि युग्द बिराममा आइसकेको पाकचा फेरि पड्क्यो।

"किन कि यही कुरा, कबिताले ज्ञान लाल लाई भनेकी छे। तिमीले हैरान पारेको रे, जहिले नि पछि पछि आउने , जबर्जस्ती बोलाउने, घर आउने गर्ने रे हो?।"

"मैले आफैले कबिताले ज्ञान लाल लाई लेखेको लभ लेटरहरु पढेको छु।ुनीहरुको भाव पढेको छु। त्यसको आधारमा भन्ने हो भने ज्ञान लाल बाहेक् संसारमा कबिता बुझ्ने कोइ छैन।"

"यसै बीचमा तिमी र कबिता संगै सिनेमा हेर्न गएको, रेस्टुराँ मा रमैलओ गर्न गएको सबै थाहा छ मलाई। मैले भनेको पनि थिएं ज्ञान लाल लाई यो कुरा। ज्ञानलाल ले कबिता संग नि क्लारिफिकेशन लिएको थियो। जवाफ त्यस्तो पायो, ज्ञान लाल ले।"
 
यति सुने पछि, पक: चा, स्टूलबाट तल भुइमा थचक्क बसे। ठुलो सुनामीको नि बाउ चल्यो होला पाक:चा को मन भित्र। अवाक् रहे धेरै बेर।

आशु झरे, अनियन्त्रित भएर।
म नि चुपचाप उनको पीडामा दुख्न थालें। मुटु चर्केको आवाज मेरो कान भएर मुटु सम्म पुगे जस्तो।
अपबित्र प्रेम गर्ने हरु संग घ्रिणा छ मलाई।  प्रेम शब्दलाई नै बिटुले बनाउने अपराधीहरु देख्यो कि बिद्रोह जाग्छ म मा।

"म मार्दिन्छु त्यस्लाई, अनि आफु नि मर्छु।"   फेरि अर्को हतगोला  फ्याक्यो त्यसले।

"होइन भाई, मर्ने र मार्ने बच्चाको जस्तो कच्चा कुरा न गर। मैले बुझेको छु, तिम्रो पीडा। प्रेमलाई पूजा गर्नु पर्ने मा, प्रेम लाई सतो भूजा सम्झिनेहरु देख्यो कि मलाई पनि त्यस्तै फिलिङ् हुन्छ। तर सोलुशन त्यो होइन। संयमले काम गर्नु पर्छ।"

"वास्तबिकता बुझि हाल्यौ। कबिता जस्ता केटीको चंगुलमा नफस्नु नै जाती हुन्छ।"

"अब म के गरौं, गएर त्यसको लामो कपाल सपाल भुत्ल्याइ देउं त?"
 
"त्यो झन ठेस् लाग्ने काम् हो, केस पनि लाग्न सक्छ? त्यस्ती चम्बूले पुलिस बोलाई, उल्तै फसाइ दिन बेर छैन। कानून ले केटी माथी हात हाल्नु नि अपराध हो, चाहे जस्तो सुकै अवस्थामा किन नहोस्।

"अब म के गरौं त?"
 
"अब, ज्ञानलाल नि आउछ १५-२० दिन मा पढाई सक्याएर। कबिता को यो द्वेध चरित्रको पर्दाफास् हुनै पर्दछ। उता ज्ञान लाल तड्पिने, यता प्रदीप तड्पिने। दुबै बाट फाइदा लुट्नु लुट्ने? यसको अन्त्य हुनै पर्छ।"

"हस दाई, दाई संग भेटेर मेरो आँखा खुल्यो। सरि दाइ, मैले अौने बित्तिकै के के भनें। आज कबिता संग यही बारेमा संग अलिकति थाकथुक परेको। अनि ग्वाछे मुग: गल्लि मा लोकल दुइ गिलास लडाएको। कहिले काहि लोकल ले नि काम गर्दो रहेछ दाई। त्यो दुइ गिलास न पिएको भए, दाई संग कुरा गर्ने हिम्मत नि हुदैनथ्यो, यत्रो नाटक को पर्दाफास नि हुदैन थ्यो।"

अब भने उनको भावमा सन्तोष र मुस्कान देखें।

"ल त भाइ, तिम्रो फोन नम्बर छोडेर जाउ, ज्ञान लाल अौने बित्तिकै यो नाटक को अन्तिम द्रिश्य  मन्चन गर्नु पर्छ। के कसरी म सोचुला। अहिले भने त्यो नाटकलाई  निरन्तरता दिनु, अझ जिवन्त अभिनय गर्नु।"
 
क्रमश:
आगामी अंक अन्तिम अंक हुने ब्यहोरा जानकारी गराइन्छ।

Read Full Discussion Thread for this article