Posted by: Birkhe_Maila May 8, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

अब पहिलाको एउटा बासि चौतारी उट्पट्याङ समाचार--- ढ्यानट्यार्यान...ढुकचुक.... ढुकचुक... ( चौतारीका अरु सम्वाददाताले समाचार थप्न सक्नेछन र थप्नलाई प्रोत्साहन गरिन्छ!)

 

उट्पट्याङ चौतारी मुख्य समाचार-

 

पुन्टेदाई पोलिस्टरको पैन्ट लगाएर पहिलो पटक पटना बाट प्लेन चढेर पर्वतारोहण गर्ने पाइला चान्नेहरुमा पनि पहिलो नै पर्नुभएको कुरा प्रेस ले पर्सि बताउने छ।

 

भउतभाइ भन्डारीको भरमा पर्दा भिरको भर्याङ चढ्ने कयौँ भरियाहरुले भविश्य सोच्दा सोच्दै भुत भएको भयंकर भ्रान्ती भुल्न सकेका छैनन्।

 

ठुल्दाईले ठमेल भनि ठान्नुभएको ठहिँटीमा ठेला गुडाउने ठुला ठुला ठाकुरहरुले ठन्डिको कारणले ठोकर लाग्दा ठेला नै ठटाउनु पर्ने ठहर गरेका छन्।

 

कुम्लेको कोमल कोमल कुराहरुले कयौँलाई करेला काटेर काँक्रोको कथा कथेको जस्तो काल्पनिक क्रिडामा कुर्लन कस्सिएर कसरत गरेको कुरा कैफियतबाट केरिने छ।

 

समाचार समाप्त!

Read Full Discussion Thread for this article