Posted by: Deep May 5, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

चेली, महेन्द्र भवन भित्र त किन छिर्न दिन्थे र प्यारका दुश्मनहरुले -- फेरी गुरुबा गुरुमाहरु प्रति आफुलाई आकर्षण नाई -- आफु त शिष्याहरुको भक्त परियो।

ब्यान पनि सुन्दरीहरुलाई महेन्द्र भवनको त्यो दखिन फर्केको बडेमानको कालो ढोका सम्म पुर्यायो, अनि भरे स्कुल छुटे पछि पनि कहाँ देखि भ्याईन्छ त्यही देखि तिनै शिष्याहरुको सौन्दर्य छाँयामा बाटो काटिन्थ्यो। ति साबुदाने जामा र भोटोमा सजिएकाहरुले यो मन माथि कम्ता रजाईँ गरेनन।

Read Full Discussion Thread for this article