Posted by: sumedhu May 3, 2008
How educated are Maobadis?
Login in to Rate this Post:     0       ?        

माओवादीमा धेरै जसो ४ क्लास भन्दा कम पढेका छन् । बाबुराम र हिसिला माओवादीका पढेलेखे मध्येका देखाउने दुइ्टा ठूला दाह्रा हुन् । धेरैजसो लडाकू केटाकेटीको जोडा मिलाउने तरिकाले पहिल्यै व्यवस्था मिलाइदिएका हुन्छन् त्यसैले लाइफ रमाइल्यै हुन्छ, बुर्जुवा खालको पढ्ने लेख्ने झमेला पार्टीको नीतिमा पर्दैन  । केटकेटी गाउँ गाउँ डुल्ने , माग्ने, धमक्याउने खाने, चन्दा बटुल्ने , रमाउने, पिट्ने मन नपरेकालाई कार्वाही गर्ने अनि जोडा जोडी गन्ने के खेतमे भन्ने गीत गाउँदै भरपूर आनन्द मनाउने गरिन्छ मिलिसियाको पल्टनमा ।

एकाध दर्जन संविधानसभाका सदस्य हुनेवालाहरूले गएको एसएलसी ताका परीक्षा दिँदै थिए र तिनलाई चिट चोराउन वाइसिएलको पल्टन परीक्षा केन्द्र वरिपरि खटिएको थियो र तिनलाई मद्दत गर्न नेपाली पुलिस पनि व्यस्त थियो । मलाई लाग्छ , तिनले सही जवाफ सार्न भ्याएको भए धेरैले फर्ष्ट डिभिजन हान्ने सम्भावना छ , किनभने परीक्षा इतिहासमा नै सबैभन्दा फ्रि थियो । माओवादीले समानुपातिकतर्फ पनि साँच्चै सामवेशिकरणको नाममा नपढेका र समाजको पछिल्ला वर्गकाहरूलाई चान्स दिएको हुँदा, तिनीहरूको काम पार्टीको नीति समर्थन गर्न ताली पिट्ने बाहेक केही हुने छैन भन्ने कुरामा ढुक्क भए हुन्छ ।

Read Full Discussion Thread for this article