Posted by: Birkhe_Maila April 30, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

माछा बनाउने तरिका:

बोले तो जो जो चाहिए वो अपुन सब निचे लिखेला है:

१) टिलापिया माछाका टुक्राहरु १० टुक्रा जति

२) कागती वा भिनेगर एक चम्चा

३) सरस्युँको धुलो आधा चम्चा

४) मेथि अलिकता

५) २ चम्चा तिल भुटेर धुलो बनाएको

६) जिरा, धनिया र मरिचको धुलो

७) गोलभेँडा ३ वटा ठुलो

८) हरियो खुर्सानी (साना साना, थाई भए राम्रो) ४-५ वटा

९) तेल

१०) हिँग पाउडर  थोssssssssssssरै

११) जिराको दाना आधा चम्चा

१२) लसुन अदुवा को पेस्ट

१३) सादा दही २ चम्चा

 

बिधी-

१) माछाका टुक्रालाई एउटा भाँडोमा अलिकता नुन, बेसार र कागती वा भिनेगर हालेर मलेर १० मिनट जति राख्ने

२) माछाका टुक्रालाई फ्राई गरेर झिक्ने

३) एउटा गहिरो भाँडामा माछा फ्राई गरेर बाँकि भएको तेल राख्ने ( धेरै भए सबै नराख्ने नि)

४) हल्का तापमा तेलमा जिराको दाना, मेथि, हरियो खुर्सानी हाल्ने र थोरै हिँग पाउडर छर्कने( थोरै नि फेरि भन्द्या छ)

५) मेथि रातो रातो कालो कालो भए पछि लसुन र अदुवाको पेस्ट हालेर चलाऊने। एकछिन चलाएपछि तिलको धुलो दहि र अलिकता बेसार फिटेर त्यसमा हाल्ने र फेरि चलाउने।

६) जिरा, धनिया र मरिचको धुलो हाल्ने र फेरि चलाउने जे पर्ला पर्ला।

७) दहि हालेर फेरि चलाउने

८)दहि मिसिएर भाँडोमा मसला लाग्न थालेपछि गोलभेँडा हाल्ने, नुन हाल्ने र चलाऊने।

९) गोलभेँडा फाँडिएपछि सरस्युँको धुलो हालेर घोटि घोटि पकाउने एकछिन।

१०) मजाको पेस्ट बनेपछि पानी हाल्ने र उम्लना साथ माछाका टुक्राहरु हाल्ने।

११) मजाले उमाल्ने र झोल अलिकता बाक्लो भएपछि झिक्ने (नचलाउने नि फेरि धेरै नत्र फाँडिन्ड)

१२) उसके बाद बिर्खु भाइको याद करनेका और मजे से मछ्छि खानेका क्या???

 

 

Read Full Discussion Thread for this article