Posted by: Nepe April 28, 2008
होली
Login in to Rate this Post:     0       ?        

मिसनानी,

 

धन्यवाद है । तर नि दोहर्‍याएर पढेपछि आफैले लेख्या आफैले बुझ्न धौ धौ पर्ने गरेर क्लिष्ट पो लेखेछु भन्ने लाग्या पनि हो । जेहोस् आसयमा सहमति सुन्न पाएँ, खुशी लाग्यो ।

 

वास्तवमै मलाई यो लोला हान्ने संस्कृतिसंग अति घृणा छ । यसले पीडक पक्षलाई sexual harassment, abuse, sadism, पीडित पक्षलाई पीडा र अपमान र दर्शकलाई निरिहता सिवाय केही दिएको देख्दिन ।

 

यो लोलासंस्कृतिलाई त उन्मूलनै गर्नुपर्छ । यसको लागि YCL लै लगाउनुपरेपनि परोस् । भनेको मात्रै नि । YCL होईन, sexual harassment विरुद्ध कानुन बनाएर कानुन प्रणाली र अदालतलाई बलियो बनाउनु पर्छ ।

(YCL ले त अब extra-judicial काम गर्ने होईन, दलनिरपेक्ष (माओवादीबाट स्वतन्त्र) भई साच्चीकै गान्धीवादी स्वयंसेवक बन्नुपर्छ, होईन भने विघटित हुनु पर्छ । YCL मात्र होईन अरु दलका भातृसंगठन भनिने लिगहरु पनि कि त दलनिरपेक्ष बनाईनुपर्छ, कि त विघटन नै गर्नुपर्छ । अबको नेपालमा कानुनी राज हुनुपर्छ, जसको शक्ति उसको भक्ति-राज होईन)

 

हत्तेरिका कुरा कता पुग्यो । यसलाई यही टुङ्ग्याउ ।

 

दीपिकाजीको कथा कथ्ने शैलीको त म पनि फ्यान नै हुँ । पठन-आनन्द पाईने कथा ।

 

Nepe

 

  

 

Read Full Discussion Thread for this article