Posted by: Nepe April 28, 2008
Login in to Rate this Post:
0
?
सम्मोहक अनि एउटा पर्फेक्ट कथामा हुनपर्ने सबै तत्वहरु भएको कथा !
अब केही शुष्क समिक्षागत टिप्पणी । दीपका पुराना बाल्यकालिन कथाहरुलाई तीनमा भएको पाकृतिक काँचोपनाको विशिष्टताको आधारमा नेपाली कथासाहित्यको एउटा नविन विधा (genre) मा राख्नुपर्ने मत राखेको थिएँ मैले ।
दीपको यो कथाले भने विषय र प्रस्तुती दुबैको हिसाबले विधागत छलाङ मारेको छ र मूलधारमा आईपुगेको छ भन्दा हुन्छ । कथाले मूलधारका साहित्यमा स्वीकृत ‘शास्त्रिय सौन्दर्य’ (aesthetics) लाई झन्डै पूर्ण रुपले ग्रहण गरेको छ (फाट्टफुट्ट केही शाब्दिक प्रयोगका अपवाद बाहेक) ।
यस्ता रचनालाई सिमित पाठकमा सिमित राख्नु रचनाप्रति अन्याय हुनेछ । वृहद पाठकवर्गलाई पस्किने गरी पेशेवर पस्कुवा (प्रकाशक) खोज्ने हो कि ?
Nepe