Posted by: dipika02 April 28, 2008
होली
Login in to Rate this Post:     0       ?        
Parbatya
 "बिचरा पूजा कस्तो माया लाएर आयो"
यही नै हो पर्बत्या ज्यु केटाहरुले धोका खाने। सुरुमा बिचरा पूजा भन्छन अनी पूजाले आफ्नो लीला देखए पछी चै बिचराको ब पनि उच्चारण गर्न बिर्सन्छन्
 
serial
"मैले त दीपीका ले दुई चार लोला खाने भयो भनी
सोच्या थीये, कसरी बचीछे, "
लहरे, हेर सत्य मैले पनि त्यही सोचेको थे। कसरी बचेँ थाहा छैन। लौ हेर त्या, झन साथी बचिछे भनेर खुशी हुनु त कहाँ हो कहाँ उ त झन छक्क पो परेछ
 
pops
pops ज्यु, बरु बार्ह बर्ष कुकुरको पुच्छर ढुङ्रोमा हाल्यो भने सिधा होला तर हाम्रो पूजा change हुने छाट काट त म कतै देख्दिन
 
*~Spring~* 
 बसन्त, लौ न सुन्नु पर्‍यो यहाँको पनि होली को कथा। कथा छ चै भन्ने अनी सुनाउन चै नसुनाउने, त्यो त घोर अन्याय हो है
 
Harka Bahadur
हर्क दाई, मैले यो कथा हजुरकै लागि लेखेको हो। मैले एउटा लेख्छु हजुरको लागि भनेको भएर। नत्र त पूजा को कथा सुन्दा सुन्दा वाक्क हुनु भएका मेरा पाठकहरुले अब त मेरो कथै बइस्कार गर्ने बेला भईसक्यो। मेरो विश्वाश गर्नुस है, पूजा मैले जस्तो लेखेको छु त्यस्तै नै छे। सत्य
 
kancha01
कान्छा तिमी त साइत, पला, घडी सबै ध्यानमा राखेर देखा पर्छौ जस्तो छ नि हो? आगो को झिल्का जसरी झिलिक्क झिलिक्क देखा पर्छौ अझ मलाई बेपत्ता भएको भन्ने? भएन है भएन त्यस्तो त
 
kanchho bhai
कान्छो भाई त्यो गालामा लगाउने माया भनेको के हो? क्रिम हो फ्यर यान लव्ली जस्तै
 
ritthe
ए रिट्ठे ज्यु , के छ त? साथी हेर कथा त छिटो छिटो नै लेख्न हुन्थ्यो तर जनताले साझा बाट नै खेदाउलान भन्ने डर क्या
 
somewhereondearth
सोम ज्यु, हजुर निक्कै ब्यस्त हुनु हुन्छ जस्तो छ हो ? धेरै भयो कथा पढ्न नपाएको। लौ न नगरौं न हामी माथि यस्तो अन्याय। यसो कथा लेख्न समय मिल्छ भने निकालिदिनुस नै है। माया चै नमारौं है
kalejo
लौ हेर मैले झन कलेजो ले देख्ला कि भनेर सुटुक्क टाँसेको त देखिहालेछ नि। बर्बादै भयो 
 
Dog
हजुरको प्रतिकृया प्रती म आभार ब्यक्त गर्दछु। म यो कथा लेखन को होडबाजी आफु धेरै नै कमजोर पाउछु। तर मेरो प्रयास सधैं नै जारी रहनेछ। आशा छ कुनै दिन हजुरलाई मन पर्ने कथा लिएर आउन सफल हुने छु। समयको लागि धेरै धेरै धन्यवाद। यो पाली हजुरको मन छुन सकिन, माफ गर्नु होला तर प्रयास कायम नै गर्नेछु। 
 
fucheketo
फुच्चे ज्यु, के छ हालखबर? ल हेर मलाइ भनेको चाडो चाडो रे,  हजुरको कलम पनि आजकल त कति बिस्तारै सरेको हो लौ न न्यास्रो लाग्यो
 
समय निकालेर पढिदिनु हुने समस्त पाठकहरुलाई यो दिपिका को मुरी मुरी धन्यवाद
Read Full Discussion Thread for this article