Posted by: shirish April 28, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

 

एकथरि फुटेको बिजोगमा आत्तियो !
अर्काको
 ताकत तोड फोडमा नापियो !

 

गुंरास भएर लटरम्म फुल्न सक्थ्यो

नश्ल सुधार्न बांसको बोटमा सारियो !

 

बिरोध गर्ने छिमेकीका ओठ टालियो
हिंस्रक
 जनावरलाई गोठमा पालियो !

 

शिखरमा राख्नकोलागि बोकेको झण्डा

तेरो पालीको झगडाले खोचमा गाडियो  !

 

लखेट्ने तर नसमाउने शर्त थियो 
त्यसैले लगानी जति चोरमा हालियो !

 

बिडम्बना, बिशेषता वा हो बिबिधता

बाघ  र बाख्रा एउटै खोरमा राखियो !

 

नाङ्गो खुट्टामा जान मनले नै मानेन

भएको बिजोडा जुत्ता भोजमा लाईयो !



Last edited: 28-Apr-08 09:32 PM
Last edited: 30-Apr-08 10:15 PM
Read Full Discussion Thread for this article