Posted by: Rahuldai April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

हुन त गीतान्जली को कि के अन्जली ( अन्जली भन्ने केटी त बडा च्वाँककी थिई , आइ एस्सी पढ्दा ) मेरो कुनै सरोकार छैन। सुन्न त नारायण दाई को गीत सुनुं सुनु लाग्छ नि। तर साँझ ढले पछी कम्पुटर गृह मन्त्रालयमा सरुवा हुन्छ, आफु टीभी कुरुवा।

एउटो गतिलो टीभी कार्यक्रम आउने होइन। यसो तीतो सत्य, जिरे खुर्सानी, कल कान्तिपुर, आदी इत्यादी हेर्न पाए पो।
तै पनि लहरेले बडा मेहेनत गरिरहेको छ रे भन्ने सुन्छु, दीपिका नानीले यसो सघाइ दिए त बेशै हुन्छ क्या रे। आखिर गाना सुन्नु छ,मन  मनै   गुन्नु छ।  अब केही भन्नु छ?

Read Full Discussion Thread for this article