Posted by: dipika02 April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

नमस्कार है सबैलाई।

अरु भन्दा पनि अध्यक्ष लहरे लाई कारबाही नगरि नहुने भाईसक्यो। त्यो रस्रङ्जली हो कि गीतन्जली हो, जुनसुकै अन्जली होस्, चलाऊन उु ढिलो भयो भनेर सुरु गरिदिएको त, साथी त आएर पनि सुचना टाँसेर टाप दिएछ। फेरी अन्तरे दाई त एक मुट्ठै गीतहरु लिएर पो आउनु भयो, यो यो बजाइदिनु पर्‍यो भनेर। एक एक वोटा त बजाउन आँखै दुखिसकेको थ्यो, त्यस्मा पनि एक्कै चोटि ५ वोटा, बल्ल बल्ल सबै गीतहरु सुनाएर फुर्सद भयो भनेको त रिट्ठे साथी त अर्को यो गीत सुन्नु पर्‍यो भन्दै लाइन मा रहेछ। सुरुमा त पर्बत्या ज्यु पनि म पनि छु कार्यक्रम चलाऊन भन्दै हुनु हुन्थ्यो, दुइटा गीत बजे पछी त लौ म त हिंडे शुभ रात्री रे। झन लहरेलाई हेल्प गरेको त उु त उल्टो कार्यरम नै सिद्धेपछी ल दिपिका म पनि फर्माइस गर्छु है गीत भन्दै पो आउदो रहेछ। अनी उस्लाई कारबाही नगरे कस्लाई गर्ने? त्यो चौतारी महिला बाट मेरो नाम चै हटाउ है। त्यो पद त म पाए पनि रजिनामा दिने भईसके।

अनी एउटा गीत त माइला दाई र माइली भाउजु को लागि भनेर पनि बजाइदेको थे, खोइ रेडियो नै चलेन जस्तो छ, कुराको आइनो गर्नु भएन

Read Full Discussion Thread for this article