Posted by: Deep April 23, 2008
घर
Login in to Rate this Post:     0       ?        

....

किन एक्कासी यु एस जाने बिचार आयो भन्ने प्रकासको प्रस्नमा सुकिर्तीले एम् बि मात्रै हैन पि एच डी गर्ने रहर उस्को सानै देखि थियो पनि भनी। उस्ले जबाफमा उस्को बिचार एक्कासीको हैन क्रमिकताको रुप हो भन्ने सम्झाई। प्रकास रनभुल्लमा पर्यो।

 

"तिमीलाई मेरो सफलतामा डर लाग्छ हो?" सुकिर्तीले निक्कै कठोर स्वरमा सोधी जब प्रकासले आफ्नो अस्विकृती शब्दका जालहरुमा बुनेर फ्याक्यो।

 

डर उस्लाई सुकिर्तीको सफलताको थिएन। त्यस्मा उस्ले गौरब गर्ने थ्यो। सुकिर्तीको ध्येय बयानमा प्रकासले जुन अन्तर अनुभव गरेको थ्यो। डर उस्लाई त्यस्को थ्यो।

 

"तिमी पनि हिन बरु। हामी सँगै जाम। यहाँ के तिम्रो? त्यही एउटा जागिर हो। त्यस्तो जागिरमा अल्झेर किन जिन्दगी खेर फाल्नु? उता गएर पढ्यो उतै जागिर खायो। जिन्दगी भर यो जागिरमा तिमीले कमाउने उता तिमीले दुई चार बर्षमै कमाउँछौ। फेरी पनि हुन्छु। यो बिग्रेको ढल, दिन दिनको चक्का जाम, नबल्ने बत्ति केहीको पिर गर्नु पर्दैन। ---" सुकिर्ती बोल्दै गै।

 

प्रकास जागिरको लागि नेपालमा बसेको थिएन। जागिर उस्ले नखाए पनि गुजारा हुन्थ्यो। परिबारको लागि बसेको थ्यो। उस्लाई घर छोडेर बिदेस जाने रहर कहिल्यै भएन। दाईले उस्लाई पनि उतै आउन धेरै पटक नभनेका हैनन् तर उस्ले ति बिदेसका कुराहरुलाई सुनेन।

 

जागिरको लागि बसेको हैन यहाँ। परिबारको लागि बसेको। जागिरले अल्झेको भए सायद जान्थें पनि होला। बाध्यताले अडकेको भए पनि जान्थें होला तर रहरले बसेको छु यहाँ। प्रकासले चन्द्रागिरी आकास मिलेझैं देखिने लहरमा हेर्दै भन्यो।

 

"के मेरो परिबार छैन ? मैले परिबार सँग नाता तोडेर जाने भनेको हैन नी" सुकिर्तीले भनी।

 

प्रकासले बुझ्यो उस्को सुकिर्तीको सोचाईमा अन्तर छ। त्यो अन्तर अहिले शब्दले पूर्न सक्दैनन। साँझ पर्यो। उस्को मनमा पनि।

 

घरमा सुकिर्तीका साथि सहेलीहरु आउने क्रम बढ्दै गयो। आमा सुकिर्तीको झडपहरु पनि सँग सँगै बढे। प्रकासलाई अचेल घर आउने बेला मन गर्हौ हुन्थ्यो। घरमा पुग्नु भन्नु नै उजुरीहरु सुन्नु हुन्थ्यो। एउटा असजिलो खेमामा बाँधिए जस्तो हुन्थ्यो। अस्ति बा ले गर्जेर "तेरो स्वास्नी लिएर कता जाने हो जा" सम्म भने। आमाको आँखामा भत्केको कुलेसोमा बगेको थ्यो। त्यस्ता कुराहरु थिए जुन सुकिर्तीलाई सामान्य लाग्थे तर आमालाई काँडा झै बिझाउँथे, अनि त्यस्ता पनि कुराहरु थिए जुन आमालाई सामान्य लाग्थे तर सुकिर्तीको सोचाईलाई चिरेर जान्थे।

 

उस्ले सम्झाउँथ्यो तर उस्का शब्दहरु प्रभावहिन हुँदै गएका थिए। आमाको हेराईमा सायद सुकिर्तीको छाँयामा थियो, सुकिर्तीको हेराईमा आमाको मायामा। प्रकासले आफु अबिस्वासको दायरामा पर्दै गएको देख्यो। आहत भयो तर मन उस्को त्यस्मै बानी पर्दै थ्यो।

 

प्रकासले सुकिर्तीलाई पनि धेरै नै माया गर्थ्यो। उस्लाई कतै जान दिने उस्को मन थिएन। आमालाई पनि छोडेर कतै जान नसक्ने थ्यो। सुकिर्तीलाई उस्ले बल्ल बल्ल सम्झायो। अहिलेलाई यु एस नजाने भै तर त्यो घरमा पनि नबस्ने भै। बाउले प्रकासलाई बनाई दिएको त्यो घरमा यदि सर्ने भए सुकिर्ती सँगै हुने भैइ। "हेर यहाँ सँगै बसेर नराम्रो हुनु भन्दा अलि पर बसेर राम्रो हुन्छ भने त्यो किन नगर्ने?" सुकिर्तीले भनी।

 

प्रकासले घुमाउरो हिसाबले त्यो कुरा बाउ आमालाई सुनायो। बाउले तत्कालै हुन्छ भने। आमाले भनेका कुराहरु प्रकासलाई नराम्रो बिझे। त्यै पनि आमाले रोकिनन उस्लाई।

 

सुकिर्ती खुसी भै। "हामी सँगै नबसे पनि हाम्रो परिबार यही हो। पनि कोसिस गर्छु यो परिबार राम्रो होस भनेर। बाहिर बस्दा त्यो कोसिस गर्न मलाई सजिलो हुन्छ। पछि तयार भएछु भने फेरी हामी यही आउँला, यही घरमा।" सुकिर्तीले उत्साहित भएर सुनाई। त्यो साँझ देखि बिहान सम्मै सुकिर्तीले प्रकासलाई उस्को खुसीमा नुहाईदिईरही। ......

 

Read Full Discussion Thread for this article