Posted by: rawbee April 23, 2008
उसको एक टक हेराइ
Login in to Rate this Post:     0       ?        

Ramro prastuti chha little guy;

हो तँपाइ नआउनाले ,मलाइ तपाइको लत लागिसकेको छ ,मलाइ थाहा छ यो घातक हो मेरो लागि तर कसरि छुटाउँ म ?"

"म जस्तो मुर्ख ,असन्तुलित र सनकि को पनि के लत लागेको त !"

"लत त लत हो लगाएर लाग्ने त रुची हो लत त अन्जान मा लाग्छ ।" उसको एक टक हेराइ मलाइ मन पर्छ थाहा छैन उ के खोज्छे म भित्र मा थाहा हुने भए सघाउँथे होला त्यो खोजमाँ

&&&&&

 

"अहिले सम्म जसजस्ले मलाइ भोगे मैले औँलो ठड्याउने मौका दिइन ,तँपाइ लाइ के मन पर्छ मैले बुझ्न सकिन ।म हारे तँपाइको अघि ।मलाइ लाग्छ त्यो छोरि पनि तँपाइकि होइन कति पत्निव्रता पुरुष र छोराछोरिका बाउ मैले नाड्गिएको देखेको छु  तर म हारेँ तँपाइको अघि ।" उ विवश देखीइ ।म चुपचाप मुर्तिवत भएर उसको विवशता हेरिरहेँ ।

"तँपाइ आज देखी नआउनुहोस यहाँ । म तँपाइको अस्तित्वमा अरु खोट देखाउन सक्दिन ,एउटा दाग ले अरु दाग देखाएको सुहाउँदैन । तँपाइ आज देखी नआउनुहोस यहाँ ।" म बिस्तारै पछाडि फर्किएँ अनि ढोका ढप्क्याइदिएँ । ढोका ढप्क्याउनु अघि उ मलाइ एक टक हेरी रहेकी थिई ।

 

Ending ramro chha...i like it....aru  pani jaawos...

 

Read Full Discussion Thread for this article