Posted by: sprakashp April 22, 2008
टाउको झोलामा !शरीर खोलामा ! - गजल
Login in to Rate this Post:     0       ?        

नमस्कार है साझाका सबै मित्रहरु तथा मान्यहरुलाई

पाँच महिना नेपाल बसेर आएको त साझा चलाउन पनि बिर्सिसकिएछ । बल्ल तल्ल यो एउटा अपलोड गरेको छु ।  शिरिषजीको गजलमा त पजल नै भरिएको छ । अरु मित्रहरुको लगनगाँठो पनि कम कसिएको छैन । हुँदा हुँदा टाइप गर्न पनि भुलिसकेँछु । बल्लतल्ल गरेको ।

धन्यवाद तथा साधुवाद

उत्तर आधुनिक मान्छे !

 

शिव प्रकाश

 

 

मान्छे जस्तो देखिने
विनम्रताविहीन मान्छे
भकभकाउँछ एक्लै, बक्बकाउँछ,
सग्लै छन् खुट्टा
टेकिँदैन सीधा
बङ्ग्याएर हिँड्छ
दुरुस्त मान्छेकै जीउडाल
कक्रक्क कक्रयाएको
मैमत्तता, घमण्ड, अहङ्कार
मान्छेको नयाँ सँस्करण
उत्तर आधुनिक मान्छे
एउटा नौलो परिचय बाँडेर हिडेको

 

            मान्छे जस्तो देखिने
           
मान्छेको वहुरुपी स्वरुप
           
अशिष्ट व्यवहार
           
अश्लील बोली
           
नवीन सभ्यताको नपुङ्षक प्रयोग
           
असभ्यताको अनुपम उपमा
           
आधुनिकताको विडम्बना
           
कुरुप सभ्यताको यो नौलो हाँक
           
मान्छेका रुपमा
           
डरलाग्दा बिम्वहरु सल्बलाउन थालेका छन्
           
गाउँका पाखापखेरा, गोरेटा, कटेराहरुमा
           
शहरका गल्ली गल्छेडाहरुमा
           
सहज प्रस्तुति बनेको जताततै
           
उछ्श्रृङ्खल यौन अभिव्यक्ति
           
सीमाहीन नग्नताभित्र
           
मौलाएकोछ शरमपूर्ण अङ्ग प्रदर्शन
           
नशापानको निमग्नताभित्र
           
जाकिएका छन् भड्खालोमा
           
विष्मयविहीन बरवादीका रमाइला खेलहरु खेलिरहेछन्
           
उत्तर आधुनिकताको परिचय बन्दै
           
उत्तर आधुनिक मान्छेहरु !

 

आमाबाबुबाट समेत श्रापित ती सन्तान
सायद उज्यालोबाट अँध्यारोतिर हामफालिँदैछन्
, बन्दैछन् चुनौति
सरदर समय मान्छेका लागि
नवीन सभ्यताको भाड्ग्रा ओढेका
उत्तर आधुनिक मान्छेहरु !!

 

अप्रिल २१–२००८

बोष्टन, अमेरिका ।

Read Full Discussion Thread for this article