Posted by: Nepe April 20, 2008
लौ सुनुम केही जनबादी गीतहरु
Login in to Rate this Post:     0       ?        

नेपाली जनवादी गीत आन्दोलनको हकमा वैचारिक सिमितता मलाई खट्कन्छ भने पाश्चात्य जनवादी गीत आन्दोलनको हकमा वैचारिक अन्यौलता र अमूर्तता । पाश्चात्य जगतमा शक्तिशाली संस्थापना पक्षको चलाखीपूर्ण परोक्ष दमन र दुरुत्साहनको शिकार भएको हो पाश्चात्य जनवादी गीत आन्दोलन । पूर्वेली जनवादी गीत आन्दोलनको हकमा भने यो साम्यवादीहरुको संरक्षणमा हुर्केकाले उनिहरुको वैचारिक सिमितताको शिकार बन्न पुग्यो ।

 

पछिल्लो समयमा जनआन्दोलनको सेरोफेरोमा गैरसाम्यवादी जनवादी गीतहरु देखापरेका हुन् । तर ती पनि विरोधगीतको रुपमा सिमित रहे र तीनले कलात्मक उचाई ग्रहण गर्न सकेनन् ।

 

नेपाली जनवादी गीत आन्दोलनलाई यसको संरक्षणकालिन वैचारिक लगाम (संसारलाई शोषक र शोषितको दुई सनातनी र शुद्ध वर्ग बाहेकको अन्य आयाममा नहेर्ने) बाट मुक्त गरी स्वतन्त्र यथार्थवादी बनाउने ( शोषक र शोषित दुवै आफै भएका द्वैध वर्ग र अवस्ता हेरी वर्गीय भूमिका reverse हुने जीवन यथार्थहरुलाई पनि स्वीकार गर्ने) काम बाँकी छ, त्यो होला बिस्तारै । तर मनोरञ्जनवादी गीतको व्यापारिक तागतसंग यसले प्रतिस्पर्धा गर्न नसक्ने भएकोले यो अझै भौतिक महत्वाकांक्षा नभएका त्यागीहरुकै यथासम्भव प्रयासमा बाच्नेछ होला ।

 

अस्तु

Nepe

 

पाश्चात्य जनवादी गीत आन्दोलनको ईतिहासको लागि:

 Protest song
http://en.wikipedia.org/wiki/Protest_song

 

 

Read Full Discussion Thread for this article