Posted by: shirish April 19, 2008
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        

कांग्रेसमा महाधिवेशन माग

कास

काठमाडौं, वैशाख ७ - नेतृत्वको असफलताले चुनावमा अनपेक्षित हार भएको भन्दै नेपाली कांग्रेसमा नेताहरूले तत्काल विशेष महाधिवेशन बोलाउन माग गरेका छन् ।

केन्द्रीय सदस्य नरहरि आचार्यले र्सार्वजनिक रूपमा र अन्य नेताले सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेर महाधिवेशनको माग गरेका हुन् । उनीहरूले पराजयको कारण खोज्न र पार्टर्ीीई पर्ुनर्संगठित गरी नया“ नेतृत्व छान्न महाधिवेशन माग गरेका हुन् । तीन निर्वाचनमा बहुमत ल्याएको कांग्रेसले यसपटक अप्रत्यासित हार बेहोरेको छ । संविधानसभामा माओवादीपछि कांग्रेस दोस्रो ठूलो दल हुन एमालेसित प्रतिस्पर्धामा छ ।

आमनिर्वाचन २०४८ मा ३७ र २०५६ मा ३६ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको कांग्रेसले घोषित परिणामअनुसार यसपटक २० देखि २३ प्रतिशत मतमा चित्त बुझाउनुपर्ने अवस्था छ ।

'संविधानसभा चुनावमा पार्टर्ीी जुन हार बेहोर्नुपर्‍यो, त्यो पार्टर्ीी यसको सिद्धान्तको हार होइन,' आचार्यले कान्तिपुरसित भने- 'पार्टर्ीीेतृत्व र व्यवस्थापकीय जिम्मेवारीमा रहेका साथीहरूको असफलता हो ।'

उनले पराजयको समीक्षा र समग्र राजनीतिक परिस्थिति मूल्यांकन गरी नया“ नेतृत्व छान्न अविलम्ब महाधिवेशन बोलाउनु आवश्यक भएको बताए । सभापति कोइरालाले संविधानसभा चुनावपछि राजनीतिबाट विश्राम लिने बताइसकेका छन् भने कार्यवाहक सभापति सुशीलले आफू र पार्टर्ीीुनावमा हारेपछि नैतिक जिम्मेवारी लि“दै राजीनामाको घोषणा गरिसकेका छन् ।

पार्टर्ीीेताहरूले सभापतिको निष्त्रिmयता र कार्यवाहक सभापतिको राजीनामाले पनि पार्टर्ीी नया“ नेतृत्वका लागि महाधिवेशन बोलाउनु अपरिहार्य भएको बताए ।

कांग्रेसमा संविधानसभाको चुनाव परिणामपछि स्थापनाकालदेखि वर्चस्व राख्दै आएको कोइराला परिवारको पकड कमजोर भएको छ । यसपटक कोइराला परिवारका एकबाहेक सबै हस्ती पराजित भएका छन् । जित्नेहरू पनि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर बढी रहेकाले परिवारको वर्चस्व कायम रहनेमा प्रश्न खडा भएको छ ।

Read Full Discussion Thread for this article