Posted by: Nepe April 19, 2008
टाउको झोलामा !शरीर खोलामा ! - गजल
Login in to Rate this Post:     0       ?        

Waka-jyu,

 

सराहनिय प्रयास ।

 

अब एउटा सान्दर्भिक चर्चा । राजनैतिक सन्देशका शेरहरु रचना गर्दा नि, उद्देश्य नै त्यस्तो हो भने बेग्लै कुरा, नत्र तीनलाई नारावादी (rhetorical) हुनबाट बचाउन चनाखो हुनुपर्छ ।  त्यो भनेको अतिशयोक्तिबाट जोगिई गहन चिन्तनलाई ठाउँ दिने हो । जस्तो: शिरीषको टाउको झोलामा/शरीर खोलामा मा अतिशयोक्ति छ (शिरीषको आफ्नै नभएर जहाबाट उदगम भयो त्यहीको हो) । त्यसैले यो शेरलाई नारावादी भन्न सकिन्छ । त्यसको विपरित, मह काढ्न गयौं/ बारुले गोलामा मा एक निस्पक्ष र गहन चिन्तन र अभिव्यक्ति छ । नो वण्डर, सर्वाधिक प्रशंसा त्यसैले पायो । सर्वाधिक प्रशंसाले नारावादी नहुने चाही होईन है फेरि ।

 

तपाईको गजलमा शान्त चिन्तनहरु छन्, कुशलता छन् । छोटा बहरलाई ट्याप्पै समात्नुभयो । खुशी लाग्यो ।

 

तपाईकै शान्त चिन्तनको धारमा बग्न सक्ने एउटा शेर थपें तपाईको सम्मानमा ।

 

काँढो नै चाहिने

फुटाल्न खटिरो

 

 

एउटा सानो शुद्धाशुद्धी

 

"मादरी" होईन, "मदारी" होला । अनि झर्रो नेपाली समानार्थी चाही "चटके" होला ।

 

*** *** *** *** *** *** *** ***

 

बिर्खेज्यू,

 

Unused वा कुनै कुरामा अड्न र गढ्न नसकेर भौंतारिईरहेका निदाउरो, मलिनो आँखामा पो हुन्छ त जालो । आँखा फारेर सामुन्नेको स्वर्ग हेरिरहेको बेला के को जालो हुन्तो ।

 

अनि मीत्रमण्डली तर्फका कमिटमेन्ट पुरा नभएकोमा कुनै गुनासो छैन । भन्छन् नि,

 

मित्र-उपेक्षामा के छ सत्य ?

तृप्त दाम्पत्य, तृप्त दाम्पत्य !

 

बधाई पो छ त बरु ।

 

 

Nepe

Last edited: 19-Apr-08 02:03 PM
Read Full Discussion Thread for this article