Posted by: JharekoPaat April 18, 2008
Raja aau desh bachau!
Login in to Rate this Post:     0       ?        

साठी सत्तरी र असीको दशकमा नेपाल सिङ्गापुर जस्तर् धनी थियो रे ? खै म पनि सत्तरी र असीको दशकमै हुर्केको हुँ । नेपाल सिङ्गापुर जस्तो त थिएन है । बरु अहिले भन्दा शान्तिपूर्ण चैं थियो है तर शायद तेतीबेला केही बोल्नै नपाइने भएर पो हो कि ? म पनि केही समय अघिसम्म राजावादी नै थिएँ र अहिले पनि राजतन्त्र निमिट्यान्नै पार्न लागिएकोमा कता कता खिन्न पनि लागिराछ । तर पनि राणाशासनको अन्त्य र नेपालको एकीकरणको सम्बन्धमा हामीले स्कूलमा घोकेको कुरामा र यथार्थमा केही फरक भने छ । राणाशासनको अन्त्य राजाले गर्दा मात्र भएको हैन । राणाशासनको अन्त्य हुनुमा राजा लगायत जनता, मुक्ति सेना र त्यो आन्दोलनको खर्च बेहोर्ने सुवर्णशमशेर जस्ता सी क्लासका राणाहरुको पनि हात छ । जहाँसम्म नेपालको एकीकरणको कुरा छ  साँच्चै नढाँटी भन्ने हो भने त्यो एकीकरण भनेको गोरखाका शाह राजा र उनका उत्तराधिकारीहरुको सीमाना बढाउने अभियान मात्र थियो । त्यतिबेला नेपाल भनेको त उपत्यका मात्रै त थियो नि हैन र ?

Read Full Discussion Thread for this article