Posted by: Rahuldai April 18, 2008
बन्द गर झ्यालहरु
Login in to Rate this Post:     0       ?        

चुकुल लगाउ ढोकामा ,बन्द गर झ्यालहरु
घुम्दै छन बाघका छाला ओडेका स्यालहरु।
 
कसरी पो चिन्ने हो, साधु हो कि चोरहरु
चियाउने धेरै छन चोलिका टाँक प्वालहरु।

आफु हिड्दैनन, हिंड्नेलाई तगारो हाल्छन
अनी सराप्छन   निल्दै चुहाउंदै  र्‍यालहरु।

पग्लिएला कतै मख्खन जस्तो मन हुनेहरु,
आँशु झारिरहेकाछन गोही अनी घडीयालहरु।

Last edited: 18-Apr-08 05:34 PM
Read Full Discussion Thread for this article