Posted by: Nepe April 17, 2008
लादिएको चुनावको भयावय परिणाम
Login in to Rate this Post:     0       ?        

एउटा कुरा नि, यो विश्वास गर्नु, भर नपर्नु भन्ने नेपाली उखानलाई कुनै क्रेडिट नै नदिई Ronald Regan महाशयले आफैले आविस्कार गरे जस्तो गरेर शितयुद्धको अन्त्यतिर एउटा नीतिको नामै राखेर खुबै प्रसिद्ध बनाएका थिए, Trust but verify.

 

अब हाम्रो राजनैतिक सन्दर्भमा त यसको उपयोग नहुने कुरै छैन । भने पनि, नभने पनि, हामी कसैलाई विश्वास गरेर आँखा चिम्लेर बस्ने मान्छे हैनम् क्या रे । दिनदिनै बिहान उठ्नेबित्तिकै देखि राती ओछ्यानमा नघुस्रेसम्म समाचार नसुनिकन खाको नपच्ने नेपालीहरुलाई कसले कहाँ के गर्‍यो, के गर्दैछ सब कुरा मालुम हुन्छ । विश्वास गरेर समाचारै नसुनी बस्लान् भनेर सोच्नै पर्दैन । फेरि अहिले त ब्रेकिङ न्युजको लागि टिभी र रेडियोको तछाडमछाड हुन्छ । कुरो चुहिन पा हुँदैन, डढेलो भन्दा बढी छिटो फैलिन्छ ।

 

अनि जसले जे कुरा जति बढाईचढाई वा घटाईकटाई पस्के पनि आम नेपालीहरु नबहकिन कुन कुरा कति महत्वपूर्ण हो, कति होईन भनेर खुट्याउन, छुट्याउन र आफ्नो विवेक प्रयोग गरेर निर्णय गर्न पनि जान्दा रहेछन् । यो चुनावले पनि त्यसको पुष्टि गरेको छ ।   

 

बरु नेपाली विश्लेषकहरु हरेक कुराको अलग अलग सापेक्षिक महत्व खुट्याउन सक्तैनन् । कसैले हाछ्युँ मात्र गरेपनि ठूलै दूरगामी महत्वको कुरा हो यो भनेर पांडित्याई छाड्छन् । आम नेपाली जनतामा भने हरेक कुराको के कति महत्व छ भनेर खुट्याउने बुद्धि बुद्दिजीवी विश्लेषकहरुको भन्दा बढी र सटीक छ भन्ने लाग्छ मलाई ।

 

र यो एउटा त्यस्तो पक्ष हो जसले मलाई आशावादी हुन सबभन्दा बढी प्रेरित गर्दछ ।

 

 

*** *** *** *** *** *** *** *** *** ***

 

गुन्द्रुकज्यू,

 

मजस्ता बेनामी कोठे बुद्धिविलासी (Nepal Democracy Group मा भर्खर प्रचलित विशेषण) को त होईन तर ग्राउण्ड जिरोमा काम गरेर नाम कमाएका मध्यमार्गी राजनीतिज्ञहरुको खाँचो र महत्वपूर्ण भूमिका हुनसक्छ माओवादीभित्र जस्तो लाग्छ मलाई ।

 

माओवादीको साम्यवादको धङधङी (उनीहरुभित्र कट्टर वृत्तमा भएको) र छवि समेत कम गर्नुपर्ने आवश्यकता छ उनिहरुलाई आजको समयको योग्य शासकको रुपमा स्थापना गर्न । त्यसो हुँदा नेपाली कांग्रेस, एमाले देखि कुनै पनि दलका योग्य र प्रगतिशिल नेताहरुले माओवादीमा प्रवेश गरेर माओवादीको नरमीकरण, विविधिकरण गर्न योगदान गरे त्यो भन्दा राम्रो काम अरु हुन सक्दैन ।

 

हाम्रो ND Group मा कुरा गरिन्छ क्या, नरहरि आचार्य, गगन थापा, सुप्रभा घिमिरेहरु जस्ता नेताहरुको काँधमा नेपाली कांग्रेसलाई पुनर्निर्माण गर्ने जिम्मा आयो भनेर । म भन्छु, जिम्मा त आयो ल । तर सक्छन् त ?

 

सक्छन् भने सक्छु भनुन् र लागुन् । मेरो शुभकामना छ । तर प्रयास गरम्ला, हुने नहुने कुराको ग्यारेन्टी छैन भन्छन् भने वा यतिका दिनसम्म जसरी खाली ओठे-सेवा (दल पुनर्निर्माणको मुद्धामा) गरेर समय बिताए आगे पनि त्यसरी नै बिताउने हुन् भने म तीनलाई म दुई पैसाको नेतामा पनि गन्दिन । बेकारमा आफ्नो योग्यता र उर्जालाई किन खेर फाल्छन् तिनीहरु ?

 

हुन त यो अत्यन्त कठीन कुरा हो, किनकी यसो गर्न आफ्ना साथीभाईले के भन्लान् भन्ने डर हुनुहुदैन, अत्यन्त त्यागी र साहसी हुनुपर्छ, आफ्नो दलको स्वार्थ भन्दा माथि देशको स्वार्थ राख्न सक्ने आदर्शवादी हुनुपर्छ, तर नरहरि आचार्य, गगन थापा र सुप्रभा घिमिरे माओवादीमा प्रवेश गरेर, मैले भनें नि, माओवादीको नरमीकरण, विविधिकरण, लोकतान्त्रिकरण जे जे गर्नुपर्छ त्यो गर्दा के देशको भलो हुँदैन ?

 

कसैले भन्ला विपक्ष पनि त चाहियो । चाहिन्छ, तर विपक्षले गर्ने काम जे हो, के त्यो शेरबहादुर देउबा एण्ड कम्पनीले गर्न सक्दैन ? जत्ति भने पनि सक्छ । विपक्षीको काम गर्न शेरबहादुरहरुलाई नरहरी आचार्यहरु चाहिदैन, एक्लै सक्छन् ।

 

त्यसैले देशको भलो गर्ने दिवानापन छ भने, माओवादीमा प्रवेश गरेर यसलाई उग्रवादतिर जान नदिन योगदान गरेर गर्न सकिन्छ । तर मैले भनें नि, यसको लागि विराट निस्वार्थ, विराट आदर्श र विराट दिवानापन चाहिन्छ । यी आसामान्य कुरा हुन् । कसैमा छैन भने हामीले गुनासो गर्न मिल्दैन ।

 

Nepe

Read Full Discussion Thread for this article