Posted by: twakatukka April 17, 2008
Kukur ko pucchar 12 barsa......??
Login in to Rate this Post:     0       ?        
एक लाख नदिए माओवादीद्वारा घर निकाला गर्ने धम्की
भोजपुर । वैशाख ५ गते /माओवादीले भोजपुरको उत्तरी कुलुङ्ग गाविस-५ का एमाले गाउँ कमिटी सदस्य केदार कार्कीलाई एक लाख नबुझाएमा घर निकाला गर्ने धम्की दिएका छन् । माओवादीका एक नम्बर एरिया सेक्रेटरी पुष्प चौँलागाइँ सहितका माओवादी कार्यकर्ताले ०६४ वैशाख ४ गते कार्कीको घरमा पुगेर पार्टीलाई एक लाख नदिएमा घर कब्जा गरी निकाला गर्ने धम्की दिएको पीडितले बताए ।  ०६४ चैत २८ गते भएको संविधानसभाको चुनावमा कुलुङ्ग गाविसमा एमालेको तर्फबाट मतदान केन्द्रमा प्रतिनिधि बसेको र सशस्त्र द्वन्द्वको क्रममा माओवादीले कब्जा गरेको रुद्राक्षको दाना बेचेको आरोपमा माओवादीले एक लाख दिन उर्दी जारी गरेका हुन् ।  एमाले भोजपुरका सचिव शेरधन राईका अनुसार माओवादीले एक लाख दिन उर्दी जारी गर्दै घर निकाला गर्ने धम्की दिएपछि कार्की अहिले एमाले जिल्ला सदस्य तथा कुलुङ्ग गाविसका निवर्तमान अध्यक्ष खगेन्द्र राईको घरमा आश्रय लिएर बसिरहेका छन् ।  

सशस्त्र द्वन्द्वका क्रममा पार्टी कब्जा गरेको रुद्राक्ष केदारले चोरेर बेचेकाले सो क्षतिपूर्ति वापतको रकम माग गरेको जनाउँदै माओवादी भोजपुरका सेक्रेटरी कृष्ण राईले केदारलाई पार्टी घर निकाला नगरेको बताए ।

source- enepalnews
Read Full Discussion Thread for this article