Posted by: Nepe April 16, 2008
प्रिय तिम्रो मुटु बोकेर हिड्दै छु !
Login in to Rate this Post:     0       ?        

A small correction:

"राधा" उपन्यासमा गणतन्त्र नै स्थापना हुने चाही होईन है । तर near-republic भन्दा होला, आजको र उसबेलाको सापेक्षितामा ।

 

अनि जिज्ञासुहरुको लागि, "राधा" उपन्यासबाट एक अंश:

 

"सबैका आँखा प्रवेशद्वारमा केन्द्रित भए । उनीहरुलाई कसैले पनि चिनेको थिएन । तर देख्नेहरु सबैले तिनीहरु साधारण युवक हुन् भनी पत्याउनै सकेनन् । कंश पनि एकाएक झस्के । सारा सभास्थल चकमन्न भयो । चुपचाप सबै आँखा प्रवेशद्वारमा केन्द्रित भए । उनीहरु बिस्तारै सहज रुपमा प्रवेशित भए । प्रश्नसूचक थिए सबैका आँखा तर हरेकले तिनीहरुलाई आ-आफ्नो अडकलमा देखे ।

मल्लहरुले ब्रजपुरुष देखे, स्त्रीहरुले मूर्तिमान् कामदेव देखे, सामान्य मानिसहरुले नररत्न, गोपहरुले स्वजन, शास्ताहरुले दण्डकर्ता, वशुदेव र देवकीले शिशु देखे, कंशले कराल मृत्यु अविदूषहरुले विराट, योगीहरुले परमतत्व, वृष्णीहरुले इष्टदेव देखे । र हामीले हाम्रा प्रिय मित्र कृष्ण र बलराम देख्यौँ ।

लामो मौनतापछि राजा कंशले प्रश्न गरे- हे अपरिचित पाहुनाहरु ! तपाईँहरुको परिचय दिनोस् यस सभामा ।

सरासर सभाको बीचमा पुगेर कृष्ण उभिए । राजा कंशको केहीपछि बायाँपट्टि बसेका मन्त्री अक्रुरजी र ऋषिहरुको लहरमा बसेका गर्गजीका अनुहार भने अनौठो र दोधारेजस्तो थियो । उनीहरु चिनेको वा नचिनेको दुबै भाव व्यक्त गर्न असमर्थ देखिन्थे । कृष्णले सभाको बीचमा उभिएर एकपल्ट चारैतिर आँखा घुमाए । हजारौँ मान्छेहरु सब चकमन्न थिए सियो खसे आवाज आउला जस्तो ।

कृष्ण बोले । कृष्णको आवाज कुनै गहिरो कुवाबाट निस्किरहे जस्तो लाग्थ्यो । भने- उपस्थित मान्यजनहरु ! आज यस सम्मानित सभामा …. ..

 

___________________________________________ _

Nepe

Read Full Discussion Thread for this article