Posted by: kanchho bhai April 13, 2008
कोटेस्वोर् को जाम
Login in to Rate this Post:     0       ?        

     " कजरा रे कजरा रे,,,,,,,"- हेल्लो! मर्निङ् सर्! हजुर सर्! खै अझै , घन्टा लाग्छ होला सर्, एस्तो जाम , हजुर् सर्, हुन्छ सर् भोलि देखि बजे नै निस्किन्छु घर् बाट।" जना शर्ट् प्यान्ट् टाइ लगएका लक्का जवान् ले अनुहार् रातो पार्दै भने। एसो मान्छे हेर्दा पुर्व तिर का जस्ता देखिन्थे, आफ्नो भविस्य खोज्दै काठ्मन्डु भित्र्या होलान्। हातमा कालो झोला पनि झुन्ड्याका रहेछन्, कुनै प्राइभेट् अफिसको नाम लेखिएको रहेछ। फाइन्यान्स् हुनु पर्छ पक्कै पनि। घरि घरि आफ्नो घडि पनि हेर्दै छन् अनि झ्याल बाट टाउको निकालेर गाडि कति सर्यो भनेर नि हेर्छन्।

    एत्तिकैमा अर्को मोबाइल् करायो- ' डु यु वाना बि एन् अंेरिकन् इडिओट्?......', बिचरा सङै बस्ने बुढि आमा को आन्खा लागिराको रहेछ, मोबाइल् बजेर झसङ भैन्। मन् मनै सरापिन् पनि होला 'बज्जे को ठाडो'भनेर। 'हेल्लो! अन् हेरन डार्लिङ्, आज नि जाम मा परे भनेको त। नरिसाउन, मैले जानि जानि कहा ढिलो गरेको हो ? अब एकैछिन् कुरन आयिपुग्न आटे के। एकैछिन् कुर बेबे, लभ् यु…।' जना + को बिध्यार्थि बोल्यो। मान्छे भर्खर् को छ। कपाल कोहि पुर्व कोहि पस्चिम फर्केका छन्, छोये नि घोच्ला जस्ता ठाडा छन्। पायेन्ट् आफ्नो हो कि भाइ को हो, छोटो छोटो , खै पैताला नि कसरि छिर्दो हुन् तेत्ति सनो मोता बाट।

    कुरा हो भक्तपुर् रुट् को मिनिबस भित्रको दैनिक कहानिको। १ दिन् होइन दिन् होइन सधै तेस्तै जाम, सधै ढिलो।

  हुन त्यो जाम ले मेरो धेरै साथी हरु को खहरे जीवन मा कलकलाउदो झरना नबगाको पनि कहाँ हो , आफ्नो भाग्य नै खोटो, जहिले पनि सङ्गै सिट्मा बुढा-बुढी जवान हरु मात्र पर्ने।

   गाडी गट्ठाघरको ओरालो ओर्लेर कौसल्टार को उकालो घिस्रिडै थियो, एक हुल सुन्दरी हरु ले गाडी रोक्न हात दिए। भक्तपुर को मिनी बस पर्यो, साइड लागि हाल्यो। अरुबेला भए सुरुमा कहाँ अझै मान्छे हल्न खोजिरा भनेर कराउने नै हुन्थे, त्यो दिन सुन्दरी हरु देखेर अरु कराउदा नि नकराये नि हुन्थ्यो जस्तो लाग्यो।

   एउटी सुन्दरी लाई झ्याल बहिर देख्दा नै मुटु उफ्रिन थालिशक्य थियो। उनिहरु लाई गाडीमा च्ढौन खलासी झ्याल बाट टाउको छिराएर आफ्नो परिचय दिन थालयो " यसो अली पछाडि सरेर बसम , दाजु अली सरम " दाजु लाई झोक चलेछ क्यारे "अब पर सर्नी जात नै होइन भाई" पो भन्छन बुढा त। झ्याउ लागिराथ्यो, बुढा को कुरो सुनेर एक्लै हासे। "अब सिट मुनी राखे मात्रै हो भाई"अर्की बुढी जान्ने भाईन। दिनहु यही किचलो सुनेर मेरो कान चै पाक्न मात्र बाँकी थिए। नभन्दै सुन्दरी हरु को प्रबेश भो गाडीमा, हरियाली छायो। उनिहरु भिड पन्छ्याउदै मेरै छेउ तिर पो आउछन बा।  अघी त्यो बहिर देख्दा नै मनले रोजिसकेको सुन्दरी सँग आँखा जुधिहाले, क् चाहियो ? एत्तिकै द्ङ परे चै। गजब को कुरो "खै नानी, ओर्लिम भनेर " सँगइ बस्ने बुढो ओर्लिन पो खोज्छन ! आफ्नो छेउ को सिट खाली, छेउमै तेत्रा बिधी तरुनी, आज चै पक्कै केही हुनी भो भनेर मक्ख परे। आफुलाई यहाँ अर्कै जवान आएर बस्ला छेउमा भन्ने पिर परिसक्यो, केटी हरु चै " बस्न, बस्न" पो गर्छन्। आन्खिर मा त्यही मेरो मन ले खाकी चै " बस्छु excuse me! भित्तामा जाम्न" भन्दै पो आउछे त। आज चै भगवान ले नै गरीब लाई "गरी खा" भनेर पठाइदेको जस्तो लाग्यो। तरुनी भित्तामा जान खोज्दै थिन, मेरा घुडाले उनका खुट्टा हरुको स्पर्स गर्ने मौका पायो। जिउ नै सिरिङ्ग भएर आयो। अझै मै पट्टी फर्केर उस्का साथी हरु सँग कुरा पो गर्न थालि। उनको यो वार्तालाप को सिलसिलामा उनी सँग निकै आँखा जुधे। हरेक जुधाइमा आफ्नो कमजोर मन, भुइचालो गैहाल्ने। मलाई नि उनिसँग को यो आँखा जुधै को खेल खुब रमाइलो लगिराथ्यो, उनी झ्याल बहिर पो हेरेर बस्न थालिन।

   उनी झ्याल बहिर हेर्नी, उनलाई  हेर्नी कार्यक्रम चल्दै थियो, हावाले उनको कपाल उडाएर सबै मेरो अनुहार छोप्यो। उनले अली अप्ठेरो मान्दै कपाल हटएर आफ्न कान पछाडि अड्काउने कोशीस गरिन। अलिअली current लागिराकै थियो अब पुरै 420 volt को झट्का लाग्यो। मन मनै हावा लाई धन्यवाद दिए। पछाडि का नखर माउली हरुले अली रातो भाको थाहा पाएछन क्यारे, उम्ली पसेर मलाई जिस्काउन पो थाले बा। "हम्रो कुसुम को कपाल को मेहेन्दी सर्यो कि क्या हो कसैको गालामा, गाला नै रातो हुने गरी" पो भन्छन त। एही बहाना मा भए नि नाम थाहा पाइयो, खुशी लाग्यो, "कुसुम, ओहो, क्या राम्रो नाम्"। नाम सुन्दा नि आनन्द आयो। कुसुमले मेरो अनुहारमा हेर्दइ "छ्या! लाज नभका केटी हरु, जे नि भन्छन" भनिन अली लजाउदै। मलाई रमाइलो लागिराथ्यो, सधैं आफु केटी जिस्काउने, आज ओरिपरी बाट केटी मलाई जिस्काउनी। म कुसुम लाई एक टक हेरिरा रछु, ऊू बोल्दा पो झसँग भए "के हेरेको नि अर्कालाई त्यसरी, चिन्नु न जान्नु, लाज नभा मान्छे"। म पनि के कम, "हेर्न नि नपाईनी हो र?" भन्दे। यती मात्र क् भनेको थिए, पछाडि बाट यौटी चम्काउली चम्की "पाईन्छ पाईन्छ किन नपाउनु नि? "

क्रमस:

Read Full Discussion Thread for this article